Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

शरीफ थप चार बर्षका लागि पीएमएल–एन को अध्यक्ष निर्वाचित


३ असार, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ थप चार वर्षका लागि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को अध्यक्षमा निर्वाचित भएका छन्।

पाकिस्तानको मूलधारको सञ्चारगृह डनका अनुसार पीएमएल–एनको अध्यक्षमा सरिफ, उपाध्यक्षमा मरियम सरिफ र महासचिबमा अहसान इकबाललाई चयन गरिएको छ।

पाकिस्तानका वर्तमान अर्थमन्त्री इशाक डार पीएमएल–एनको विदेश तथा अन्तर्राष्ट्रिय मामिलाको अध्यक्षमा निर्वाचित भएका छन्।
पीएमएल–एनका अनलाइन सर्वोच्च नेता नवाज सरिफ र शहबाज सरिफले संयुक्त रूपमा दलको केन्द्रीय साधारण सभाको अध्यक्षता गरेका थिए।

सो अवसरमा प्रधानमन्त्री सरिफले आफ्ना दाजु नवाजको आगमनको पर्खाइमा आफूले पीएमएल–एनको साधारण सभा र आन्तरिक निर्वाचन स्थगित गरेको बताए।

उनले महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा भूतपूर्व प्रधानमन्त्री इमरान खानमाथि कटाक्ष गर्दै खानले आफ्नो गलत उद्देश्यका लागि झुट र गलत प्रचार फैलाइरहेको र जनतालाई भ्रममा पार्ने काम गरिरहेको बताए।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?