Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

आगलागी हुँदा कम्तीमा २०० पसलमा क्षति


३ असार, एजेन्सी । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको एक ठूलो बजारमा आगलागी हुँदा करिब २०० पसलमा क्षति पुगेको प्रान्तीय शिल्पकार युनियनका प्रान्तीय प्रमुख अब्दुल वादूद फैजादाले शनिबार बताएका छन् ।

हेरात शहरको कास्र–ए–हेरात बजारमा स्थानीय समयानुसार शनिबार बिहान ३ बजे आगलागी भएको थियो । आगलागीमा परी साना ठूला गरी करिब २०० पसल र त्यहाँ रहेका सामानहरू जलेर नष्ट भएका छन् ।

“मुख्यतया लुगाफाटा र कस्मेटिक्स पसलहरू रहेको उक्त स्थानमा आगलागीका कारण करिब ११ करोड ६३ लाख अमेरिकी डलर बराबरको क्षति भएको प्ररम्भिक अनुमान गरिएको छ,” फैजादाले सिन्ह्वालाई भने।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल लतिफ इन्साफका अनुसार शुक्रबार मध्यरातमा विद्युत चुहावटका कारण लागेको आगो केही घण्टाभित्रै दमकलका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

“आगलागीबाट कुनै मानवीय हताहती वा क्षति नभएको तर स्थानीय व्यवसायीलाई ठूलो धनजनको क्षति भएको छ,” प्रवक्ता इन्साफकाले बताए ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?