Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सन्देशमुलक


माधव नेपालको प्रश्नः संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने ?

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । शुक्रवार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको र सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताए । उनले

चर्चित गायिका मेलिना आजै प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कस्दै

काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज (शुक्रबार) उनका प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा विवाह गर्न लागेकी हुन् । दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् । विवाह समारोह स्थलको सजावट बिहीबार नै गरिएको छ

तोलामा १३ सयले बढ्यो सुन, आज कतिमा भईरहेकोछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ५७ हजार ९०० रुपैयाँ कारोबार भईरहेको छ। बिहीबार सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ५७

स्रोत नखुलेको रकम १५ लाख ७० हजार रूपैयाँ सहित एक जना पक्राउ

कपिलवस्तु। मायादेवी गाउँपालिका-६ बाट स्रोत नखुलेको नगद १५ लाख ७० हजार रूपैयाँ सहित सोही गाउँपालिका-७ हर्नामपुर बस्ने ३० वर्षीय निरज कुमार मिश्रलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले रु. एक करोड दुई लाख ८७ हजार नौ सय २६ सम्पत्ति कर महानगरलाई तिरेको हो । महानगर-२६ सचिव केदार रिमालका अनुसार संस्थानले आर्थिक वर्ष २०४९/५० देखि आव २०८१/८२ सम्मको

एकआपसमा झै-झगडा भई कुटपिट हुँदा मजदुरको मृत्यु

रूपन्देही। सियारी गाउँपालिका-७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल-६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका-६ वर्दहवा बस्ने २४ वर्षीय कृष्ण केवटलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरू बीच एकआपसमा झै-झगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएका निष्ठुरीको लुम्बिनी

जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने

काठमाडौँ। जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टि—ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि शुरु हुने भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा नेपाल, भारत र बगंलादेशका गरी कुल आठ वटा विश्वविद्यालयले प्रतिष्पर्धा गर्ने जय नेपाल टी ट्वान्टी क्रिकेट माघको दोस्रो सातादेखि हुन लागेको हो । प्रतियोगिताका खेलहरू

प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका-८ धुले बेसी घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल रहेका छन् ।

न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान

काठमाडौँ। न्याय परिषद् सदस्यमा प्रश्तावित दामोदर खड्काको संसदीय सुनुवाई शुरु भएको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काको संसदीय सुनुवाई प्रारम्भ गरेको हो । समितिले न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काबिरुद्ध उजुरी आह्वान समेत गरेको छ । खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने

ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे

काठमाडौँ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् । बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा राखेका छन् ।

सम्वन्धित समाचारहरु