Trending
>>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने


काठमाडौँ। जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टि—ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि शुरु हुने भएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा नेपाल, भारत र बगंलादेशका गरी कुल आठ वटा विश्वविद्यालयले प्रतिष्पर्धा गर्ने जय नेपाल टी ट्वान्टी क्रिकेट माघको दोस्रो सातादेखि हुन लागेको हो । प्रतियोगिताका खेलहरू त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् । नेविसंघले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको दिएको हो । टी ट्वान्टी क्रिकेट प्रतियोगितामार्फत जलवायु परिवर्तनको मुद्दालाई पनि प्रवद्र्धन गर्ने आयोजकको उद्देश्य रहेको छ ।

नेपालका चार टोली त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय, भारतका दिल्ली विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले जय नेपाल कपमा प्रतिष्पर्धा गर्ने भएका छन् । बंगलादेश र नेपालका विश्वविद्यालयबाट राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु खेल्ने आयोजकले जनाएको छ । कुल ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट का आधारमा सन्चालन हुनेछ । कुल आठ टोलीलाई दुई समूहमा भागमा विभाजन गरिएको छ । समूहका शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउनेछ । ५ लाखको पुरस्कार भने विधागत उत्कृष्टलाई प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थापाले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगिताको विजेतालाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गरिने भएको छ । नेविसंघले यस प्रतियोगिताका लागि सबैभन्दा कान्छो पर्वतारोही निमा रिन्जी शेर्पा ब्राण्ड एम्बासडर नियुक्त पनि गरेको जनाएको छ । नेविसंघका सभापति दुजाङ शेर्पाले यस प्रतियोगितामार्फत दक्षिण एशियाका ऊर्जाशील युवाहरूलाई स्थिरता र वातावरणप्रति संवेदनशीलता बढाउन एकत्रित गर्ने उद्देश्य रहेको उल्लेख गरे । यस प्रतियोगितामा सामान्यततर्फ टिकट एक सय र भिआइपीतर्पm पाँच सय निर्धारण गरिएको छ । त्यहाँबाट उठ्ने रकम जाजरकोटका भूकम्प पीडितका लागि खर्च गरिने नेविसंघका सभापति शेर्पाले जानकारी दिए ।


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?