Trending
>>   संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो >>   चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु >>   प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ >>   न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान >>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे >>   पक्षघात उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको निर्णय >>   ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन >>   ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याईसक्यौं : मन्त्री यादव >>   चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ >>   गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै !
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे


काठमाडौँ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् ।

बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा राखेका छन् । उनले पछिल्लो समय समयक्रमअनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको बताउदै ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउनको लागि भएपनि गर्ने गरिने भएपनि अहिले कमी भएको बताएका छन्।

ट्राफिक प्रहरी प्रमुख घिमिरले अहिले ट्राफिक प्रहरीले कारबाही प्राथमिकतामा नभएको उल्लेख गर्दै ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेको उल्लेख गर्दै सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई अनलाइन बनाउन लागि रहेको बताएका छन् ।

उनले भने,‘पछिल्लो समय समयक्रम अनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको छ । ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम ग¥यो भन्ने हुन्थ्यो । अहिले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकता दिएको छैन । ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेका हुन्छौं । सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई पनि अनलाइन बनाउन लागि रहेका छौं । हाम्रो उद्देश्य कारबाही गर्ने होइन । सवारी चालकलाई जिम्मेवारी बनाउनको लागि कारबाही गरिरहेका छौं । जिम्मेवारी सवारी चालक र सञ्चालकहरुले पनि लिन आवश्यक छ ।’


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?