काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ ।चीन भ्रमण छोट्याएर बिहीवार स्वदेश फर्किएको रास्वपाको टोलीले सो कुरा बताएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताउनु भयो ।
काभ्रे । सडकबाट ७० मिटर तल झर्यो आइचर । पाँचखाल नगरपालिका वडा न ६ केराघारी ३७ किलोमा अरनिको राजमार्गमा आइचर गाडी ७० मिटर तल झर्दा चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । स्राेतः केशवराज पाैडेल
काठमाडौं । कात्तिक २९ गतेदेखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रश्तुती दिने भएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने भएको हो । दर्शकहरुलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ मह जात्रा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ
ललितपुर। आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी)की इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनको सिफारिस भएको छ। प्रारम्भिक छानबिनमा उनले आर्थिक लेनदेन गरेको खुलेपछि जिल्ला प्रहरी परिसर ललितपुरले निलम्बनको प्रक्रिया अघि बढाएको हो। अधिकृत तहको निलम्बन गृह मन्त्रालयबाट हुने प्रहरी नियमावलीको प्रावधान छ।
संघीय संसदको चौथो अधिवेशन बजेट बाहेक ९ वटा विधेयक पास गरेर अन्त्य भएको छ । यो अधिवेशनमा ३ वटा सरकार परिवर्तन भए । राजनैतिक रुपमा अस्थिर अवस्था सिर्जना भएपनि संसदले बजेटसहित विधेयकहरु पास हुनु सुखद् पक्ष हो । तर संसद सञ्चालनको सघनता र महत्वको आधारमा संघीय संसदको गरिमा खस्केको टिप्पणी
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW)’ को संयुक्त आयोजनामा २०८१ असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ।
फिनल्याण्ड । फिनल्याण्ड आर्थिक मन्दीबाट तंग्रिरहेको देशको वित्त मन्त्रालयले बताएको छ । तर सार्वजनिक अर्थतन्त्र निरन्तर घाटामा रहेको बताइएको छ । विश्लेषण प्रतिवेदनले फिनल्याण्डले युरोपेली आयोगको अत्यधिक घाटा प्रक्रियालाई ट्रिगर गर्नबाट जोगिने जनाएको छ । प्रतिवेदनले सार्वजनिक क्षेत्र घाटा–जीडीपी अनुपात यस वर्ष ३.७ प्रतिशत र २०२५ मा ३.२ प्रतिशत हुने
रवि लामिछाने हिजो राती दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापीपनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि? संसदीय समितिमा छविलाल जोशीका बयानको मसि सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन्। कान्तिपुरको नियत बारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने,
-रबिन्द्र मिश्र प्रचण्ड सचिवालयको खण्डन: हिजो प्रचण्डजी र म बीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ। त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व संझिएको छु। उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु। मेरो थप सानो मात्र टिप्पणी छ: ठूला नेताहरूसँग भेट्दा "यो कुराचाहिँ बाहिर नगरौँ/हामी
-सन्ताेष देउजा News24 को एउटा मामुली कर्मचारी, टिभी कार्यक्रम चलाएर एउटा जमातले चिनेको भन्दा अरु चिज रविसंग केहि थिएन्। काठमाडौंकी खान्दानी छोरी निकिताले आफु चलचित्र बिकास बोर्डको अध्यक्ष हुदा हुदै रविलाई अपनाईन्। बिहे गरेर भर्खर हनिमुन पिरियड चल्दै थियो, पुडासैनी प्रकरणमा रवि थुनामा जानु पर्यो। निकिता अहोरात्र खटिएर श्रीमान रविलाई