Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

आर्थिक मन्दीबाट तंग्रिँदै फिनल्याण्ड, सार्वजनिक घाटा कायमै


फिनल्याण्ड । फिनल्याण्ड आर्थिक मन्दीबाट तंग्रिरहेको देशको वित्त मन्त्रालयले बताएको छ । तर सार्वजनिक अर्थतन्त्र निरन्तर घाटामा रहेको बताइएको छ । विश्लेषण प्रतिवेदनले फिनल्याण्डले युरोपेली आयोगको अत्यधिक घाटा प्रक्रियालाई ट्रिगर गर्नबाट जोगिने जनाएको छ । प्रतिवेदनले सार्वजनिक क्षेत्र घाटा–जीडीपी अनुपात यस वर्ष ३.७ प्रतिशत र २०२५ मा ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । फिनल्याण्ड सरकारले घाटा अनुपात ३.५ प्रतिशतभन्दा कम राख्ने प्रतिवद्धता जनाएको थियो ।

अर्थमन्त्री रिक्का पुराले आर्थिक नीति मन्त्रिस्तरीय समूहलेस्वीकृत गरेको लक्ष्यलाई आगामी वर्ष घाटा अनुपात २ दशमलव ९ प्रतिशतमा ल्याउने सरकारको योजना रहेको बताउनु भयो । मन्त्रालयको पछिल्लो आर्थिक दृष्टिकोणले पनि फिनल्याण्डले मन्दीबाट बाहिर निस्किँदा सन् २०२४ को वृद्धिको अपेक्षा केही तल झरेको उल्लेख गरेको छ । मन्त्रालयले २०२४ मा ०.२ प्रतिशत संकुचन, २०२५ मा १.७ प्रतिशत र २०२६ मा १.५ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?