Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आर्थिक मन्दीबाट तंग्रिँदै फिनल्याण्ड, सार्वजनिक घाटा कायमै


फिनल्याण्ड । फिनल्याण्ड आर्थिक मन्दीबाट तंग्रिरहेको देशको वित्त मन्त्रालयले बताएको छ । तर सार्वजनिक अर्थतन्त्र निरन्तर घाटामा रहेको बताइएको छ । विश्लेषण प्रतिवेदनले फिनल्याण्डले युरोपेली आयोगको अत्यधिक घाटा प्रक्रियालाई ट्रिगर गर्नबाट जोगिने जनाएको छ । प्रतिवेदनले सार्वजनिक क्षेत्र घाटा–जीडीपी अनुपात यस वर्ष ३.७ प्रतिशत र २०२५ मा ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । फिनल्याण्ड सरकारले घाटा अनुपात ३.५ प्रतिशतभन्दा कम राख्ने प्रतिवद्धता जनाएको थियो ।

अर्थमन्त्री रिक्का पुराले आर्थिक नीति मन्त्रिस्तरीय समूहलेस्वीकृत गरेको लक्ष्यलाई आगामी वर्ष घाटा अनुपात २ दशमलव ९ प्रतिशतमा ल्याउने सरकारको योजना रहेको बताउनु भयो । मन्त्रालयको पछिल्लो आर्थिक दृष्टिकोणले पनि फिनल्याण्डले मन्दीबाट बाहिर निस्किँदा सन् २०२४ को वृद्धिको अपेक्षा केही तल झरेको उल्लेख गरेको छ । मन्त्रालयले २०२४ मा ०.२ प्रतिशत संकुचन, २०२५ मा १.७ प्रतिशत र २०२६ मा १.५ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?