Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

चीनबाट फर्किएको रास्वपा टोलीको स्पष्टोक्तिः सभापतिलाई अफ्ठ्यारो घडिमा साथ दिन भ्रमण छोट्यायौँ


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ ।चीन भ्रमण छोट्याएर बिहीवार स्वदेश फर्किएको रास्वपाको टोलीले सो कुरा बताएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताउनु भयो । उहाँले पार्टीको सभापति व्यक्ति नभइ संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरु स्वदेश फर्किएको बताउनु भयो । उहाँले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाउनु भयाे ।

उहाँले भन्नुभयो, ‘यो भ्रमणलाई हामीले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ । ९ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ । आज ८ जना आएका छौँ । भोलि ६ जना आउनुहुन्छ । घटनाक्रमबारे हामी अवगत नै थियौँ । १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ । र यो एक स्वरले यो अफ्ठ्यारो घडिमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो । त्यो माथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ । अफ्ठ्यारो घडीमा नेपाल नै हुनुपर्छ भनेर आएका हौँ ।’

सांसद मनिष झाले पार्टी सभापतिले सहकारीमा आफैँ व्यक्तिगत रुपमा उपस्थित र संलग्न भएर रकम नलिएको प्रतिवेदनले स्पष्ट पारिसकेको बताउनु भयो । उहाँले ४१ वटा कम्पनीमा ८७ अर्ब रकम सहकारीबाट आएकोतिर ध्यान नभइ त्यसमध्येको एउटा मात्रै कम्पनीमा सभापति लामिछानेलाई लक्षित गरेर मात्रै प्रहार भइरहेको बताउनु भयो । उहाँले रवि लामिछाने जोडिएको कम्पनीको पछाडि मात्रै अनुसन्धान केन्द्रित भएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहकारीमा आफैँ व्यक्तिगत रुपमा उपस्थित भएर संलग्न भएर रकम लिएको छैन भन्नेकुरा प्रतिवेदनले स्पष्ट पारिसकेको छ । कसैले पहिलो पाटोमा राजनीति नगरे हुन्छ । आफ्नो राजनीतिक भविष्य कतै जोखिममा छ की भनेर धेरै कथाहरु नबुने पनि हुन्छ । अर्को पाटोमा हेर्दा एउटा व्यपारीले व्यापार गर्दै गर्दा ४१ वटा कम्पनीमा लगानी भित्र्याएको छ । सहकारीको पैसाबाट । त्यसमा ४० वटा कम्पनी अरु कुनै दललाई मतलव छैन । एउटै कम्पनीको पछाडि लागेको छ । त्यो रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र पूर्वगृहमन्त्री हुनुहुन्छ । त्यसैले । ८७ अर्ब छ नि कसैलाई केही मतलव छैन । २/४ करोको पछि लागेर ८७ अर्ब छोड्ने चलखेल त होइन भन्ने आशंका छ ।’

उहाँले २÷४ करोको पछि लागेर ८७ अर्ब छोड्ने चलखेल हुन लागेको भन्दै आशंका व्यक्त गर्नुभयो । पाँच दिनअघि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेको १४ सदस्यीय टोलीमध्ये ८ जना आज स्वदेश फर्किएका हुन् । बाँकी शुक्रवार नेपाल आउने बताइएको छ ।


प्रकाशित मिति: १० आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?