Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

चीनबाट फर्किएको रास्वपा टोलीको स्पष्टोक्तिः सभापतिलाई अफ्ठ्यारो घडिमा साथ दिन भ्रमण छोट्यायौँ


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ ।चीन भ्रमण छोट्याएर बिहीवार स्वदेश फर्किएको रास्वपाको टोलीले सो कुरा बताएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताउनु भयो । उहाँले पार्टीको सभापति व्यक्ति नभइ संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरु स्वदेश फर्किएको बताउनु भयो । उहाँले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाउनु भयाे ।

उहाँले भन्नुभयो, ‘यो भ्रमणलाई हामीले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ । ९ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ । आज ८ जना आएका छौँ । भोलि ६ जना आउनुहुन्छ । घटनाक्रमबारे हामी अवगत नै थियौँ । १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ । र यो एक स्वरले यो अफ्ठ्यारो घडिमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो । त्यो माथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ । अफ्ठ्यारो घडीमा नेपाल नै हुनुपर्छ भनेर आएका हौँ ।’

सांसद मनिष झाले पार्टी सभापतिले सहकारीमा आफैँ व्यक्तिगत रुपमा उपस्थित र संलग्न भएर रकम नलिएको प्रतिवेदनले स्पष्ट पारिसकेको बताउनु भयो । उहाँले ४१ वटा कम्पनीमा ८७ अर्ब रकम सहकारीबाट आएकोतिर ध्यान नभइ त्यसमध्येको एउटा मात्रै कम्पनीमा सभापति लामिछानेलाई लक्षित गरेर मात्रै प्रहार भइरहेको बताउनु भयो । उहाँले रवि लामिछाने जोडिएको कम्पनीको पछाडि मात्रै अनुसन्धान केन्द्रित भएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहकारीमा आफैँ व्यक्तिगत रुपमा उपस्थित भएर संलग्न भएर रकम लिएको छैन भन्नेकुरा प्रतिवेदनले स्पष्ट पारिसकेको छ । कसैले पहिलो पाटोमा राजनीति नगरे हुन्छ । आफ्नो राजनीतिक भविष्य कतै जोखिममा छ की भनेर धेरै कथाहरु नबुने पनि हुन्छ । अर्को पाटोमा हेर्दा एउटा व्यपारीले व्यापार गर्दै गर्दा ४१ वटा कम्पनीमा लगानी भित्र्याएको छ । सहकारीको पैसाबाट । त्यसमा ४० वटा कम्पनी अरु कुनै दललाई मतलव छैन । एउटै कम्पनीको पछाडि लागेको छ । त्यो रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र पूर्वगृहमन्त्री हुनुहुन्छ । त्यसैले । ८७ अर्ब छ नि कसैलाई केही मतलव छैन । २/४ करोको पछि लागेर ८७ अर्ब छोड्ने चलखेल त होइन भन्ने आशंका छ ।’

उहाँले २÷४ करोको पछि लागेर ८७ अर्ब छोड्ने चलखेल हुन लागेको भन्दै आशंका व्यक्त गर्नुभयो । पाँच दिनअघि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेको १४ सदस्यीय टोलीमध्ये ८ जना आज स्वदेश फर्किएका हुन् । बाँकी शुक्रवार नेपाल आउने बताइएको छ ।


प्रकाशित मिति: १० आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?