Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

… निकिता जस्तै श्रीमती हरेक श्रीमानले पाओस्


-सन्ताेष देउजा

News24 को एउटा मामुली कर्मचारी, टिभी कार्यक्रम चलाएर एउटा जमातले चिनेको भन्दा अरु चिज रविसंग केहि थिएन्। काठमाडौंकी खान्दानी छोरी निकिताले आफु चलचित्र बिकास बोर्डको अध्यक्ष हुदा हुदै रविलाई अपनाईन्।

बिहे गरेर भर्खर हनिमुन पिरियड चल्दै थियो, पुडासैनी प्रकरणमा रवि थुनामा जानु पर्यो। निकिता अहोरात्र खटिएर श्रीमान रविलाई हिरासत मुक्त गराईन्। रवि राजनितिमा आउने घोषणा गरे, तर उनलाई आफ्नै दाई हरिशरणले समेत साथ दिएनन्। र पनि निकिताले हिम्मत दिईन।

श्रीमानको हरेक निर्णयमा निकिता दरिलो खम्बा बनेर सधै उभिईन्। रविले चुनाव लड्दा, जित्दा, फेरि अनागरिक हुदादेखी दुईपटक गृहमन्त्री बन्दा पनि निकिताले कहिल्यै आफ्नो कारण श्रीमानलाई विवादित बनाईनन्।

पछिल्लो पटक रवि लामिछाने गृहमन्त्री हुनेदिन नारी टिभीमा मेरो अन्तर्वार्ता थियो। उता श्रीमान गृहमन्त्री बन्ने तयारीमा हुदा निकितालाई मैले टेलिभिजनको कार्यकक्षमा भेटेको थिए।
असाध्यै शालिन र मृदुभाषी।

उनीमा म देशको चौथो ठुलो पार्टीको सभापतिको श्रीमती हुँ, बन्दै गरेको गृहमन्त्रीको श्रीमती हुँ भन्ने कत्ति पनि घमण्ड थिएन। आज रवि लामिछाने उहि र उस्तै संकटमा छन्। तर निकिताले रविको हात अझै बलियो गरि समातेकिछिन्। रवि जस्तो श्रीमान कसैले पाओस/ नपाओस् तर निकिता जस्तै श्रीमती हरेक श्रीमानले पाओस्। होस्।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?