Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

कात्तिक २९ गतेदेखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रश्तुती दिने


काठमाडौं । कात्तिक २९ गतेदेखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रश्तुती दिने भएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने भएको हो । दर्शकहरुलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ मह जात्रा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहसनमा वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेत लगायतको प्रश्तुति रहने बताइएको छ । प्रहसनको मुख्य उद्देश्य हाँस्य व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको बताइएको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुऋतिहरुलाई व्यंग्यको माध्यमबाट प्रश्तुत गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले कार्यक्रम गर्न लागेकोमा आफू उत्साहीत रहेको बताउनु भयो । उहाँले आफूहरु कुनैपनि राजनीतिक दलसँग अहिलेसम्म नगाँसिएको र सबै दलहरुलाई बराबर नजरले हेरेको बताउनु भयो । उहाँले शरीरले साथ दिएसम्म आफूले काम गरिरहने बताउनु भयो । कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले मनोरञ्जनलाई पहिलो स्थान दिएर एउटा नाटक बनाएको बताउनु भयो । उहाँले दर्शकको मुहारबाट कसरी हाँसो फुस्काउने भन्ने आफूहरुको काम हुने बताउनु भयो । उहाँले राजनीति सुधारको लागि ४० वर्ष अघिदेखि आवाज उठाउँदै आएपनि अहिलेसम्म सुधार हुन नसकेको बताउनु भयो । राजनीतिक विृकतिलाई हाँस्यव्यंग्यबाट प्रश्ततु गर्ने गरेको उल्लेख गर्नुभयो । कसैलाई रिस उठ्नेगरी आफूहरुले व्यंग्य नगर्ने बताएनु भयो ।

मह जोडी दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आएको हो । मह जोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्यलाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरुलाई हसाउँदै प्रहसनमा प्रश्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको बताइएको छ । यस प्रहसन नेपाली समाजमा हालैका वर्षहरूमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण हुने बताइएको छ ।


प्रकाशित मिति: १० आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?