Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सन्देशमुलक


विश्वप्रकाश शर्माको प्रश्नः नागरिकले कस्तो राजा खोजेको ?

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन् । आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले राज्यले पूर्वराजालाई संविधानले व्यवस्था गरेको भन्दा बढी सुविधा दिएर राखेकोप्रति पूर्वराजाले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् । उनले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले

राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो (तस्बिरहरु)

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ । आईतवार उनीहरुलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो ।

तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग

काठमाडौँ। चैत्र १५ गतेको तीनकुले प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरुले गरेका छन् । आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । सांसदहरुले चैत्र १५ गतेको घटनामा सुरक्षाका हिसावले सरकारले कमजोरी गरेको औंल्याएका छन्

अत्याधुनिक प्रविधिद्वारा अघि बढेको जडीबुटी कम्पनी राजवादीको निशानामा

काठमाडौँ। स्वदेशी सरकारी जडीबुटी कम्पनी, गत शुक्रवार राजवादीको निशानामा पर्यो । २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड राजावादीको निशानामा पर्दा ठूलो क्षति भएको छ । कम्पनीले स्थापना कालदेखि नै नेपालको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरु वैज्ञानिक पद्धतिबाट संकलन

संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको बताएका छन् । आईतवार विपक्षीहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा

प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताए। उनले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको

राजावादीहरु कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो :सांसद मोहन बस्नेत

काठमाडौँ। नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताएका छन् । आईतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजावादी समूहका प्रदर्शनकारीहरु कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको टिप्पणी गरेका छन् । उनले राजावादीहरु राजनीतिक इच्छाका

जनकपुरमा हत्याको बिरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय तथा केही प्रहरीसमेत घाइते भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले

राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताए । उनले राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरुलाई

सम्वन्धित समाचारहरु