Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

विश्वप्रकाश शर्माको प्रश्नः नागरिकले कस्तो राजा खोजेको ?


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन् ।

आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले राज्यले पूर्वराजालाई संविधानले व्यवस्था गरेको भन्दा बढी सुविधा दिएर राखेकोप्रति पूर्वराजाले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् । उनले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने जिकिर गरेका छन् । उनले आपराधिक घटनामा मान्छे मारिदा एउटा विज्ञप्ति पनि ननिकालेको भन्दै पूर्वराजाप्रति रोष प्रकट गरेका छन् । उनले राज्यले दिएको सीमालाई नबुझ्ने पूर्वराजालाई पुनः राजा बनाएर केही नागरिकले कस्तो किसिमको राजा खोजेको भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘संसदमा आज हुँर्द गर्दाखेरि सिङ्गो संसद गणतन्त्रको पक्षमा र यो संविधानमा भएको जति एकातर्फ र गणतन्त्रको विपक्षमा छन् वा निर्मल निवासको पक्षमा कोही छन् भने अर्कोतर्फ देखिनुपर्ने अवस्था बन्नुपथ्र्यो । चैत्र १५ गते गम्भीर घटना भएको छ । यो घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छ कि पर्दैन ? मान्छे मारिएको घटनामा बोल्नु पर्छ कि पर्दैन ? कस्तो राक्षशीता खोेजेको हो ? पत्रकार मारिदै गर्दा दुःख लाग्यो भन्ने विज्ञप्तिसम्म कुनै पत्रिकाले छाप्ने गरी पठाउनु पर्छ कि पर्दैन । व्यक्तिको सम्पत्ति लुटिदै गर्दा पूर्वराजालाई दुःख लाग्नु पर्छ कि पर्दैन ? कतिपय नागरिकले कस्तो राजा खोेजेको ? यो घटनामा समग्र रुपमा पूर्वराजा दोषी छन् । पूर्वराजालाई संविधानले प्रदत्त गरेको एउटा नागरिकको हक भन्दा बढी राज्यले दिएर राखेको अवस्था छ । संविधानले नदिएको सुविधा पूर्वराजालाई दिइएको छ त्यो कुरा पूर्वराजाले गम्भीरतापूर्वक सोच्नु पर्दैन ?’

महामन्त्री शर्माले प्रधानमन्त्रीले संसदमा जवाफ दिन तयार भएपनि प्रतिपक्षीहरुले संसद अवरुद्ध गर्नु दुःखद् भएको बताएका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?