Trending
>>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

अत्याधुनिक प्रविधिद्वारा अघि बढेको जडीबुटी कम्पनी राजवादीको निशानामा


काठमाडौँ। स्वदेशी सरकारी जडीबुटी कम्पनी, गत शुक्रवार राजवादीको निशानामा पर्यो ।

२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड राजावादीको निशानामा पर्दा ठूलो क्षति भएको छ । कम्पनीले स्थापना कालदेखि नै नेपालको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरु वैज्ञानिक पद्धतिबाट संकलन गराई सो जडीबुटीहरु प्रशोधन गरी स्वदेशी उद्योगहरुलाई कच्चा पदार्थ उपलब्ध गराउँदै आएको थियो । त्यति मात्रै नभई उसले विदेशी बजारमा निकाशी गरी रोजगारी सिर्जना गर्दै आएको छ । नेपाल सरकारको राजश्वमा टेवा पर्याउँदै आएको उद्योगमा राजावादीहरुले आगजानी गर्दा ठूलो क्षति पुगेको कम्पनीकी कार्यकारी निर्देशक संगीता यादवले बताएकी छिन् ।

उनले भनिन्, ‘दुई वटा भवन जलेका छन्, गाडीहरुमा आगो लगाइएको छ, अहिले उत्पादन गर्नसक्ने अवस्था छैन ।’

उहाँकाअनुसार आगजनीका कारण कारखाना प्लान्ट पूर्ण रुपमा जलेर नष्ट भएको छ । दुई वर्षअघि निर्माण भएको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस सुविधासहित दुईवटा नयाँ भवनभित्र प्रवेश गरी तोडफोडका साथै आगजनी गरी आन्दोलनकारीले जलाएका छन् ।

आगजनीका कारण औषधि उत्पादन गर्न प्रयोग हुने सम्पूर्ण कच्चापदार्थ, उत्पादन पश्चात प्याकेजिङ गर्ने प्लास्टिक र सिसाको बोतल, उत्पादन प्याकेजिङ गर्ने कुटको विभिन्न प्याकेट, कारखाना र अटोमेसन प्लान्ट, मेसिन तथा उपकरणका साथै फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएको छ ।

विगत ४२ वर्षदेखि कोरा जडीबुटीहरु तथा उब्जनी गरिएका बीज बिरुवाहरु उक्त कम्पनीले निर्धारित गरेको मूल्यमा खरिद विक्री गर्ने तथा औषधिको आवश्यकता पूरा गर्न देशका विद्यमान वनस्पतिका श्रोत परिचालन समेत गर्ने गरेको छ । कम्पनीले मुख्यतयः सन्चो, हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयल जस्ता हर्वल केयर प्रोडक्टहरु उत्पादन गर्दै आइरहेको छ ।

लामो समयदेखि नेपाली बजारमा सन्चोको विक्री ५ मि.लि को सिसिमा भइरहेकोमा यस कम्पनीले बजारको माग र नागरिकको आवश्यकता समेतलाई सम्बोधन गरेको यादवको भनाई छ । आ.व. २०८०÷८१ बाट सिसिको मात्रा बढाइ १० मि.लि. को सिसि बजारमा भित्राइसकेको थियो । कम्पनीको केन्द्रिय कार्यालयले हाल उत्पादित सन्चोको फिलिङ्ग र प्याकेजिङ्गको कामलाई प्रविधियुक्त बनाउने कार्यलाई विशेष प्राथमिकतामा राखेको थियो ।

हाडजोर्नी दुखेको, ज्वरो, रोघाखोकी, घाटी दुखेको, नाक बन्द भएको जस्ता समस्याको प्राथमिक रोकथाम र उपचारको लागि विश्वासिलो र भरपर्दो औषधिको रुपमा रहेको सन्चो परम्परागत हाते प्रविधिबाट फिलिङ्ग र प्याकेजिङ्ग भइरहेकोमा आधुनिक प्रविधिको विकाससँगै अत्याधुनिक उत्पादन भवन र मेसिनको प्रयोग गरी स्वाचालित प्रविधिबाट आफ्ना उत्पादनहरु बजारमा ल्याउने तयारी कम्पनीले गरिरहेको बेला तिनै भवन राजावादीको निशानामा परेको छ । यसले सफलताको यात्रामा तत्काललाई ब्रेक लागेको छ ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?