Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो


काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने बताए । उनले अहिलेको परिस्थितिमा शतर्क हुनु जरुरी रहेको र लोकतन्त्रका कमी, कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हिम्मत हारेर हुँदैन, निराश भएर हुँदैन, जब समाज, राज्यमा विकृति हुन्छ, सत्तामा बस्नेहरुले गल्ती गर्दछन्, त्यतिबेला खबरदारी गरेर सच्याउने जनताले हो । तर लोकतन्त्रमा लडेका नेताहरु, लोकतन्त्र प्रणालीमा काम गरिरहेकाहरुले गल्ती, कमजोरी गरे भनेर लोकतन्त्रका बिरोधीहरु निरंकुशता, राजतन्त्रवादी शक्तिहरु आउनुपर्छ भनेर बुझ्नु त्यो भोक लाग्यो भनेर विष पान गर्नु जस्तै हुन्छ । त्यो श्रेयस्कर, बुद्धिमानी हुँदैन । अहिले जुन किसिमको परिस्थिति निर्माण हुँदैछ, त्यसमा हामी शतर्क बनौँ । हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली इतिहासमा ढिलै भएपनि ल्याएका छौँ, यसका कमी, कमजोरीहरु छन् । यसलाई सच्याउँदै अघि बढ्नुपर्छ ।’

उनले संविधानमा केही त्रुटीहरु रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताउदै शासकीय स्वरुप र निर्वाचन प्रणाली त्रुटीपूर्ण रहेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?