Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुभएको टिप्पणी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने बताउदै राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि विदा भएर गएको उनको भनाइ छ । उनले राजतन्त्रको विद्रुप अनुहार गत शुक्रवार सडकमा देखिएको टिप्पणी गरेका छन् । उक्त आन्दोलनले राजावादीहरु हिंसा, आतंक, लुटपाट र नागरिकको मौलिक हकको विरुद्धमा रहेको देखिएको बताउदै गणतन्त्रवादी दलहरुलाई जनताको बलमा स्थापितसंघीय लोकतान्त्रिक गणतन्त्र लाई बलियो बनाएर अघि बढ्ने अभिभारा रहेको बताएका छन् ।

उनले भने, ‘समाप्त भएको राजतन्त्र जसरि आज शिर उठाउने कोशिस गर्दैछ यो वास्तवमा शमसानघाटबाट मुर्दालाई ब्युताउँने कोशिस जस्तै हो । नेपालमा राजतन्त्र कहिल्लै पनि फर्कन सक्दैन । नेपालमा राजतन्त्र कहिल्लै पनि शासनसत्तामा आउन सक्दैन । यो कुरामा हामीले कुनैपनि दुविधा राख्नु हुँदैन । जहाँसम्म राजतन्त्रवादीहरुको कुरा छ । राजतन्त्रका हिमायतीहरुको कुरा छ । उनीहरुको वास्तविक चरित्र के हो २ दिन अघिको घटनामा प्रकट भएको छ । राजतन्त्रको विद्रुप अनुहार सडकमा देखिएको छ । राजतन्त्रवादीहरु हिंसाका पक्षमा छन्, आतंकको पक्षमा छन्, राजतन्त्रवादीहरु लुटपाटको पक्षमा छन् र राजतन्त्रवादीहरु नागरिकको मौलिक हकको विरुद्धमा छन् भन्ने देखिएको छ । त्यसकारण ले नेपाली जनता लुटतन्त्रको पक्षमा, हिंसाको पक्षमा, अधिनायकवादको पक्षमा कहिले पनि हुन सक्दैनन् भन्ने छर्लङ्ग छ । अहिले राजनीतिक दलहरुलाई जनताको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर लग्ने अभिभारा छ ।’

दलहरुले जनताका आवश्यकता र आकंक्षाहरुलाई ठिक ढंगले सम्बोधन गर्दै सबै प्रकारका विभेद र असमानताहरुलाई समाप्त पार्नेगरी अगाडि बढ्न जरुरी रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?