Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बालेन्द्र शाहले पूर्वराजालाई जरिबानाको पत्र लेख्नु गम्भीर त्रुटीः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटना दुःखद् र निन्दनीय भएको बताएका छन्  ।

आईतवार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुने घटनामा हिंसा भड्काउन सरकार आफैँ उद्धत भएको आरोप लगाउदै उनले शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा प्रहरीले छतबाट गोली र अश्रुग्यास हान्नुले घटनाको सम्पूर्ण दोषी सरकार भएको जिकिर गरेका छन् । उनले लामो समयसम्म आगोलागी हुँदा पनि सरकारले मान्छेको उद्धार गर्न नसक्नु सरकारको गम्भीर कमजोरी भएको बताउदै घटनाबारे छानबिन गर्न निष्पक्षरुपमा न्यायिक आयोग गठन गर्न माग गरेका छन्  सरकारले नियन्त्रणमा लिएका आफ्ना नेताहरु कुनैपनि हिंसात्मक गतिविधिमा सम्लग्न नभएकाले २४ घण्टाभित्र बिनाशर्त रिहा गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘राप्रपा पूर्णरुपमा आन्दोलनमा जान्छ । हामीले प्रथमतः के भनेका छौँ भने १५ गतेको घटना दुःखद् घटना हो । जस्ले जेका लागि गर्ने भएपनि हिंसात्मक क्रियाकलाप राप्रपाको लागि दुःखद विषय हो र त्यो निन्दनीय छ र त्यो दिनको घटनाबाट पार्टी अलग रहन्छ र घटनाप्रति दुःख व्यक्त गर्दछ । र हामीले त्यो घटनालाई केलाएर हेर्दाखेरि हिंसा भड्काउन प्रमुख रुपमा सरकार आफै उद्त देखिएको छ । यस्तो हुन्छ भनेर कल्पनै नगरेको घटनामा सरकार आफैले छतमा प्रहरी किन लगेर राखेको ? छतबाट गोली र अश्रुग्यास वर्षाउने काम किन ग¥यो ? त्यति लामो समयसम्म आगोलागी हुँदा पत्रकारको उद्धार किन गर्न सकेन ? ताकि ताकि गोली हानेको भिडियो क्लिप आएका छन सादा पोशाकका प्रहरीले गोली लोड गरेर आन्दोलनकारीलाई ताकेको देखिन्छ । त्यसकारण हिंसा भढड्काउन सरकारनै दोषी देखिएको छ । त्यसैले हामीले स्वतन्त्र निष्पक्ष न्यायिक आयोग गठन होस्  र त्यसमा जो दोषी देखिन्छ त्यसलाई कारबाही होस् भनेर हामीले भनेका छौँ । हाम्रा नेताहरु कुनैपनि हिंसात्मक घटनामा सम्लग्न हुनुहुन्न, २४ घण्टाभित्र बिनाशर्त रिहाइ होस् भनेका छौँ ।’

अध्यक्ष लिङदेनले संसद बैठकमा एक सांसदले राजावादीलाई जेल हाल्नुपर्छ भनेपछि आफूले सबैभन्दा ठूलो राजावादी म छु सक्छौ भने जेल हाल भनेको बताए । काठमाडौं महानगरकाका प्रमुख बालेन्द्र साहले पूर्वराजालाई जरिबाना पत्र लेख्नु गम्भीर त्रुटी भएको उनको भनाइ  छ ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?