काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि
काठमाडाैं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा कमल भट्टराईलाई पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भट्टराईलाई विभागको महानिर्देशकमा पठाउने निर्णय गरेको हो ।
काठमाडाैं । सहकारीबाट ऋण अपचलन गरी ११ अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको छ। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालकदम्पती केदारनाथ शर्मा र गीता शर्मालाई मुख्य प्रतिवादी कायम गरेर उनीहरूविरुद्ध
काठमाडाैं । संघीय संसद्को प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूको अवरोध जारी छ। झण्डै डेढ घण्टा ढिलो गरी सुरु भएको बैठक १० मिनेटमै स्थगित गरिएको छ। सभामुखले बैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेससहित प्रतिपक्षी दलका सांसदहरू आफ्नो सिटबाट उठेका थिए। सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि सांसदहरूले विरोध जनाएपछि आज पनि
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताउनुभयो । “तालिममा सिकेको सीपमार्फत् अपराध
-बालेन शाह बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न भनेझै ,संघीय सरकारले विर्सियो वैशाख १, २०८१ : अब के हुन्छ? सरकारले आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु । संघीय संसदको संयुक्त वैठकले, २०८० ज्येष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को बजेट वक्तव्यको नीतिगत एवं
काठमाडाैं । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल भ्रमणमा रहनु भएकी एम्नेष्टि इन्टरनेष्नलकी महासचिव Dr. Agnès Callamard ले भेट गर्नु भएको छ। भेटमा संक्रमणकालिन न्याय, प्रेस स्वतन्त्रता र सिमान्तकृत समुदायको अधिकारको विषयमा उहाँले चासो राख्नु भएको थियो।
काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो । केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो। हाल उक्त भाइरस सिंगापुर
काठमाडौं । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै राँके जुलुससहित प्रदर्शन गरेको छ । बिहीबार साँझ तरुण दलले कोटेश्वरमा प्रदर्शन गरेको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङद्वारा मसाल बाली राके जुलुसको सुरुवात गरिएको थियो । प्रदर्शनमा गृहमन्त्री र सरकारविरुद्ध विभिन्न नाराबाजी समेत गरिएको थियो
काठमाडौं । हुम्ला सार्केगाड गाँउपालिका १ घर भई बौद्धस्थित समता स्कुलमा अध्ययनरत १७ वर्षिय छोरा बिपेश कार्कीको परिवारले जीवनरक्षाको लागि अपिल गरेको छ । बुवा गड बहादुर कार्कीले एक्कासी दुबै खुट्टा नचल्ने, बाथरोग, उच्च ज्वरो र टाउकोमा पानी जमेको लगायत गम्भिर प्रकृतिको रोग लागेको बताए । चार महिनासम्म वीर अस्पताल,