Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘सिप मेला’ बाट तालिम लिएकाहरुलाई रोजगारी दिन, निजी, उद्योग वाणिज्य तथा शैक्षिक क्षेत्र तयार


काठमाडौँ । निजी, उद्योग तथा वाणिज्य क्षेत्र र शैक्षिक क्षेत्रले टुँडिखेलबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी दिने प्रतिवद्धता जनाउनुभएको छ । काठमाडौँ महानगरपालिकाले २०८१ सालको शुभारम्भ २०८१ जनालाई सिपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्य हासिल गर्न रोजगारदाताहरुसँग मंगलबार साँझ तालिम सञ्चालन भइरहेको स्थान टुँडिखेलमा गरिएको अन्तरक्रियाका क्रममा उहाँहरुबाट यस्तो प्रतिवद्धता प्राप्त भएको हो ।

अन्तरक्रियामा निजी, उद्योग वाणिज्य, शैक्षिक, सामाजिक तथा गैरसरकारी एवं दातृ संघसंस्थाका प्रतिनिधिले धारणा राख्नुभएको थियो । ‘महानगरपालिकाले सञ्चालन गरेको तालिमले रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने एउटा पक्ष भयो । योभन्दा ठूलो चाहिँ नेपाल आफैँभित्र ठूलो सम्भावना छ, भनेर दिएको सन्देश धेरै प्रभावकारी छ ।’ उहाँहरुले भन्नुभयो, ‘सर्वसाधारण जीवनस्तर सुधार गर्नदेखि बौद्धिक पलायन रोक्नसम्ममा यो कार्यक्रमले मद्दत गर्नेछ ।’

यस क्रममा उहाँहरुले निजी, उद्योग तथा वाणिज्य र शैक्षिक क्षेत्रको अन्तरसम्बन्ध र समन्वयात्मक विकासका लागि नीति निर्माण जोड दिनुभयो । उहाँहरुको प्रतिक्रिया सुनिसकेपछि महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘अन्तरसम्बन्धित क्षेत्रको विकासका लागि महानगरपालिकाको क्षेत्रभित्र पर्ने विषयमा हामी आफैँ नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्छौँ । हाम्रो क्षेत्रमा नपर्ने विषयसँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश र संघ सरकारलाई शिफारिस गर्छौँ । नीति तर्जुका लागि आग्रह गर्छौँ ।’

‘श्रम क्षेत्रमा मानिसहरु गुनासो हामीले सुनिरहेका थियौँ । हाम्रो कुरा सरकारले सुन्दैन । हाम्रो समस्या देख्दैन । हामीलाई गन्दै, गन्दैन । हामीले भनेको मान्दैन । उहाँहरुको यो दविएको आवाजलाई उठाउन हामीले यसअघि कोही पनि नहिँडेको बाटो बनाउन थाल्यौँ । नयाँ बाटो भएकोले हिँड्न हामीलाई ठूलो चुनौती छ । यसकारण हामी जोखिम र चुनौती वहन गर्दै गन्तव्यतिर बढिरहेका छौँ ।’ उहाँले भन्नुभयो, ‘यहाँहरुको साथ र सहयोगबाट हामी लक्ष्यमा पुग्दैछौँ । यसप्रकारको सहकार्यका लागि खुला छौँ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले मेला सञ्चालन गर्न अहिलेसम्म गरिएका काम र अवको योजनाका विषयमा कुरा गर्दै, अहिले प्राप्त भएको उपलब्धीमा निजी क्षेत्रको सहभागिता, प्रमुख भूमिका रहेको उल्लेख गर्नुभयो । ‘युवा उमेरका व्यक्तिहरुको मनमा, म आफैँ पनि केही गर्न सक्छु । घर छोडेर विदेश जानु पर्दैन भन्ने भावना जागृत हुनु तालिमको महत्वपूर्ण पक्ष हो ।’ उहाँको धारणा थियो ।

अन्तरक्रियाको थालनीमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, सिप मेलाको पृष्ठभूमि, आवेदन र आवेदकहरुको संख्या, उहाँहरुको मनोविज्ञान, तालिमका साझेदारहरुको भूमिकाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । २०८१ वैशाख १९ गते उद्घाटन भएपछि सुरु भएको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका पहिलो चरणका तालिम कक्षा सकिएका छन् । अहिले ती कक्षाहरु दोस्रो चरणमा सञ्चालन भइरहेका छन् । झाले भन्नुभयो, ‘पहिलो चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी हुनुभयो । ज्येष्ठ ६ गते आइतबारदेखि १५ दिन अवधिका दोस्रो चरणका कक्षा सुरु भएका छन् ।’


प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?