Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई ‘अग्नि सुरक्षा’ तालिम


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा नेपाली सेनाका पेट्रोल पम्पमा काम गर्ने ३० जना कर्मचारीका लागि अग्नि सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको थियो । हिजो र आज गरी २ दिन चलेको तालिमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक सिप सिकाइएको थियो ।

कार्यक्रममा सहायक रथी किरण के. सी. ले, अग्नि नियन्त्रणमा महानगरपालिकाले हासिल गरेको ज्ञान, सिप र अनुभवबाट नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरुलाई सम्भावित आगलागीको जोखिमबाट बचाउन मद्दत हुने धारणा राख्नुभयो । कार्यक्रममा नगर प्रहरी उपरीक्षक विष्णु जोशीले, गैरप्राकृतिक विपत्तिबाट बचाउन मानवीय प्रयासले काम गर्ने बताउनुभयो ।

तालिमका प्रशिक्षक नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईकाअनुसार अग्नि विज्ञान, घरेलु आगो र प्रतिकार्य, फायर इस्टिङ्ग्वीसरको चिनारी, यसलाई जडान गर्ने तथा प्रयोग गर्ने विधिका विषयमा सैद्धान्तिक ज्ञान दिइएको थियो । यस्तै तेलजन्य आगो नियन्त्रणमा व्ल्याङ्केटको प्रयोग गर्ने तरिका, एलपी ग्याँसमा लागेको आगो निभाउने ७ प्रकारका विधि, मिश्रित खालको आगो निभाउने तरिका, विपदसँग सम्बन्धित प्राविधिक शव्दावलीको प्रयोगात्मक अभ्यास गरिएको थियो ।

आगो सल्किएको माध्यम थाहा पाएपछि मात्र नियन्त्रणमा प्रयोग हुने बस्तु छनोट गर्न सकिने भएकोले आगो के मा लागेको छ, थाहा पाउनु पर्ने भट्टराईको सुझाव छ । आगो सल्किएको बस्तुसँगै आगोको मूल कहाँ हो, पत्ता लगाएर त्यहाँबाट नियन्त्रणको प्रयास थालनी गर्नुपर्ने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?