Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

‘नित्या रञ्जना’ युनिकोड लिपिलाई ‘यल्लो पेन्सिल अवार्ड’


काठमाडौँ । ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस बर्षको ‘डीएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ । यसप्रकारका अवार्ड नेपालका लागि पहिलो हो । बिहीबार लण्डनमा भएको ६२ औँ डीएण्डएडी अवार्ड कार्यक्रममा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड पाएको हो । यससँगै कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो । ६ सयभन्दा धेरै निर्णायकको निर्णयबाट लिपि पुरस्कृत भएको अवार्ड कार्यक्रममा सहभागी तोशी ओमगरीले बताउनुभयो ।

क्यालीजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनका अनुसार यल्लो पेन्सिल मौलिक रचनात्मक उत्कृष्ठताका लागि प्रदान गरिन्छ । अवार्ड प्राप्त गरेपछि नित्या रञ्जना फन्ट मात्र होइन, रञ्जना लिपिले अन्तरराष्ट्रिय स्तरमा पहिचान वृद्धि गरेको छ ।

फाउन्डेसनले रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको फन्ट डिजाइन कम्पनी ‘एक टाइप’सँग सहकार्य गरेको थियो । यसमा फन्ट विकासकर्ता तथागत बिश्वास, सारंग कुलकर्णी, नुपुर दात्ये हुनुहुन्छ । यसको विकास तथा सिर्जनाका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गरेको छ ।

डीएण्डएडी विश्वव्यापी व्यवसायिक विज्ञापन, डिजाइन, शिल्प र सिर्जनाका क्षेत्रमा प्रदान हुने अवार्ड हो । सन् १९६२ देखि डिजाइन र विज्ञापनका क्षेत्रमा यो अवार्ड प्रदान गरिँदै आएको छ ।

रञ्जना नेपालको मौलिक लिपि हो । मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरुको प्रयोग, प्रवर्धन हुन सकेको थिएन । यसकारण लिपी संरक्षणमा चुनौती बढ्दै थियो । यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रवर्धन गर्न युवाहरुले लिपिलाई प्रविधिसँग प्रयोग अनुकुल बनाउने काम थाले । क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपि प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण गरे । यो लिपी गएको चैत ४ गते काठमाडौँको नेपाल कला परिषदमा सार्वजनिक गरिएको थियो । यो लिपि इण्डो आर्यन, मंगोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान जोडिएको छ ।

लिपिलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले सम्बन्धित राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत क्षेत्रमा गरिएको अध्ययनबाट पृष्ठपोषण लिइएको थियो ।

फन्टमा आकर्षक अक्षर छन् । स्वर र व्यञ्जन वर्णहरु, विराम र अङ्कहरु तथा लेख्य विकल्पहरु रहेको क्यालिजात्राका अध्यक्ष महर्जनले जानकारी दिनुभयो । उहाँकाअनुसार यस लिपिलाई संस्कृत, पाली र नेपाल भाषा लेखनका लागि प्रयोग गर्न सकिन्छ ।


प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?