काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो
काठमाडाैं । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना र संविधानसभा सदस्य तथा पुर्व मन्त्री राम नरेश रायको अध्यक्षतामा "मधेशी-पहाडी एकता सभा " कार्यक्रम गरिएको छ । लालबन्दीको खेल मैदानबाट शुरु भएको र्याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको थियो। स्थानीय युवा नेता जिगमेला
काठमाडाैं । नेपाल विपश्यना केन्द्र (धर्मश्रृङ्ग), बुढानिलकण्ठमा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहका १४६ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू लक्षित १० दिवसीय विपश्यना ध्यान शिविर कार्यक्रम सम्पन्न भएको छ।
-प्रदीप पाैडेल चिनियाँ राजदूत महामहिम छन सोङसँग बिहीबार चक्रपथको कलंकी–धोवीखोला निर्माणको विषयमा छलफल भयो, यसको निर्माणमा यसअघि भएको सम्झौताअनुसार चिनियाँ पक्षले काम गर्नु पर्ने मेरो राय थियो । राजदूत छनले नेपाल सरकारले आफ्नो काम सकेको जानकारी दिएलगत्तै चिनियाँ पक्षले आफ्नो प्रक्रिया सुरु गर्ने बताउनु भयो, उहाँले वसुन्धरा–धोवीखोला खण्ड दोस्रो खण्डमा
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले उक्त
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् । भारतीय वर्किङ जर्नालिस्ट युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सेमिनारमा उनले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरेका हुन् । ‘हामीसँग
काठमाडौं । नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको महत्वपूर्ण भूमिका रहेको छ । शहरी कोलाहल र प्रदुषण भन्दा टाढा शान्त तथा हरियाली वातावरण युक्त कलेज चाँगुनारायण भक्तपुरमा अवस्थित छ । यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन–अध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमहरूलाई स्वीकृति दिने बताउनुभएको छ । मन्त्रालयमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपालका नवनिर्वाचित नेतृत्वसँगको भेटघाट कार्यक्रममा मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । मुलुकमा अन्तर्राष्ट्रिय गैर सरकारी तथा राष्ट्रिय गैर सरकारी संस्था मार्फत
काठमाडौं । विपिन धिमालले केही दिनअघि सामाजिक सञ्जालमा लेखे, ‘म अहिले केएमसी अस्पतालमा गम्भीर अवस्थामा मृत्यु र जीवनसँग लड्दै छु। म थाइराइडको अन्तिम चरणमा छु। मेरो परिवारको वित्तीय अवस्था कमजोर भएको कारण वायुसञ्चारमा बसेर हजुरहरूलाई सानो, सक्दो सहयोगका लागि बिन्ती गर्दछु।’ सामाजिक सञ्जालमार्फत गरेको यो अनुनयले विपिनलाई बचाउन सकेन। बिहीबार
काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ ।नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए । दुई बलमा दुई रन