Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

तेस्रोलिंगी विपिनको मृत्यु : हर्मोन सेवन गर्न उक्साउने अझै संरक्षणमा


काठमाडौं । विपिन धिमालले केही दिनअघि सामाजिक सञ्जालमा लेखे, ‘म अहिले केएमसी अस्पतालमा गम्भीर अवस्थामा मृत्यु र जीवनसँग लड्दै छु। म थाइराइडको अन्तिम चरणमा छु। मेरो परिवारको वित्तीय अवस्था कमजोर भएको कारण वायुसञ्चारमा बसेर हजुरहरूलाई सानो, सक्दो सहयोगका लागि बिन्ती गर्दछु।’
सामाजिक सञ्जालमार्फत गरेको यो अनुनयले विपिनलाई बचाउन सकेन। बिहीबार उपचारकै क्रममा निधन भयो। विपिनले राम्री देखिन हर्मोन सेवन गर्थे। ‘दुई महिना अघि मात्रै उनले अब म बाच्दिन होला भनेका थिए,’उनका साथी तेस्रो लिङ्गीले पहिचानसँग भने,’हर्मोन लिनुहुँदैन भनेर सल्लाह दिने कोही भएनन्,उक्साउने मात्रै भए।’

उनले अहिले हर्मोन लिइरहेको र केही समय पछि लिङ्ग परिवर्तन गरेर केटी बन्ने समेत बताएको उनका साथी तेस्रो लिङ्गीहरूले बताए। ‘हर्मोन सेवन गर्दा थाइराइड भएर एक जना साथी गुमाउनु पर्‍यो,’तेस्रो लिङ्गीहरूले भने,’ज्यानै लिने हर्मोनकै प्रचार गर्नेहरूले किन नसोचेका होलान्?’

विपिन तेस्रो लिङ्गी महिला थिए। गैरसरकारी संस्था ब्लु डायमन्ड सोसाइटी, एफएसजिएमएन, क्रुजएड्स नेपालले दातृ निकायको सहयोगमा गर्ने कार्यक्रममा विपिनलाई बोलाउने गर्थे। यी संस्थाले हर्मोन सेवन गर्न उक्साउने र समस्या परे ‘हामी छौँ नि’ भन्ने गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले बताएका छन्।

अस्पताल भर्ना भएको चार दिनमै निधन भएका विपिन जीविकोपार्जनका लागि सडकमा उभिन विवश थिए। उनलाई सही सल्लाह दिने कोही भएन। ‘लिङ्ग परिवर्तनका लागि उक्साउनेहरूका कारण उनी प्रेसरमा रहेछन्,’उनका तेस्रो लिङ्गी साथीहरूले भने,’शरीर भएका कपाल झार्ने औषधी समेत खाएको सुनाएका थिए।’

व्यक्तिलाई जे हो, त्यही पहिचानमा अधिकार दिलाउन लाग्नुको सट्टा हर्मोन थेरापी र लिङ्ग परिवर्तन गर्न उक्साइरहेका छन् ब्लु डायमन्डसहितका संस्था। हर्मोन थेरापीमा रहेका र यौन अङ्ग शल्यक्रिया गरेका दुई जनाको गत वर्ष मृत्यु भएको छ। आत्महत्या गर्नेको यकिन तथ्याङ्क समेत छैन।

ब्लु डायमन्ड सोसाइटीसहितका संस्था हर्मोन थेरापी र यौन अङ्ग प्रत्यारोपण गर्दा विभेद तथा लाञ्छना कम भएको प्रचारमा समेत लागेका छन्। लोकप्रियता पाउनका लागि गलत अभियान सञ्चालन गरेका संस्थाको नेतृत्वले व्यक्तिको ज्यानै जाँदा समेत गल्ती महसुस गरेका छैनन्।

उनीहरू हर्मोन थेरापी र लिङ्ग परिवर्तनलाई वैधानिकता दिन लागेका छन्। ‘पहिला खाऊ भनेर उक्साउने, पछि त्यसैलाई समस्या भनेर डोनरबाट फन्ड ल्याउने गर्छन्,’समुदायका सदस्यले भने,’उनीहरूलाई कोही मरोस् कि बाचोस् मतलब छैन।’

दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह दर्ताका गरेका सुरेन्द्र पाण्डेले हर्मोन थेरापी, लिङ्ग परिवर्तन जस्ता कुरा गम्भीर विषय भएको बताएका छन्। पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा ‘यसका राम्रा नराम्रा पक्ष दुवै छन्। राम्रो कुरा मात्र गरेर हुन्न, गम्भीर साइड इफेक्टहरुको बारेमा पनि जिम्मेवार संस्थाहरूले खुलेर कुरा गर्नु पर्छ’,लेखेका छन्।

उनले २७ वर्षको कलिलो उमेरमा थप एक जनाको ज्यान गएको लेखेका छन्। ‘उसको परिवार र हाम्रो समुदायले पनि एक व्यक्ति गुमाउनु पर्‍यो,उनले लेखेका छन्,ट्रान्सफोबिक भनेर गाली गर्ने २,४ जना निस्किने छन् फेरी, तर त्यसरी समाधान निस्किँदैन। सबैको सल्लाह र समझदारीबाट समाधान निस्कन सक्छ।’


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?