Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ


नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताउनु भयो । उहाँले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्नेकुरा काँग्रेसलाई चासोको विषयको नभएको बताउनु भयो । उहाँले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताउनु भयो । राजनीतिमा सबैखाले चुनौति आउने भन्दै हरेक चुनौतिको सामना गरेर आएको काँग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । कोको मिल्छन्, कोको जुट्छन्, कोको फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतिहरु हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौति हो । हरेक चुनौतिको सामना गर्न तयार भएको काँग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौति फेस गरेको कारणले अब अहिले आएर कोको मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’ रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताउदै राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्नेकुरा काँग्रेसलाई चासोको विषयको नभएको बताएका छन् । उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताउदै राजनीतिमा सबैखाले चुनौति आउने भन्दै हरेक चुनौतिको सामना गरेर आएको काँग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताएका छन् ।

उनले भने, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । कोको मिल्छन्, कोको जुट्छन्, कोको फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतिहरु हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौति हो । हरेक चुनौतिको सामना गर्न तयार भएको काँग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौति फेस गरेको कारणले अब अहिले आएर कोको मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’

उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?