Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

चीन र चक्रपथ


-प्रदीप पाैडेल

चिनियाँ राजदूत महामहिम छन सोङसँग बिहीबार चक्रपथको कलंकी–धोवीखोला निर्माणको विषयमा छलफल भयो, यसको निर्माणमा यसअघि भएको सम्झौताअनुसार चिनियाँ पक्षले काम गर्नु पर्ने मेरो राय थियो । राजदूत छनले नेपाल सरकारले आफ्नो काम सकेको जानकारी दिएलगत्तै चिनियाँ पक्षले आफ्नो प्रक्रिया सुरु गर्ने बताउनु भयो, उहाँले वसुन्धरा–धोवीखोला खण्ड दोस्रो खण्डमा नपर्ने जानकारी पनि दिनुभयो ।

कलंकी–वसुन्धरा चक्रपथ खण्डको निर्माण सम्झौता सन् २०१८ मा भए पनि अहिलेसम्म प्रगति शून्यप्रायः छ, रुख काटेर अलपत्र छोडिएका छन्, धुँवाधुलोको सास्ती छ, वर्षायाममा ढल सडकबाटै बग्ने र थप समस्या निम्तिने अवस्था छ । यसका कारण सो क्षेत्रमा बसोबास गर्ने तथा हिँडडूल गर्ने आममानिसको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ, दैनिक जीवनयापनमा असुविधा भएको छ । यही विषयमा मैले प्रतिनिधि सभामा बुधबार चक्रपथको यो खण्ड चिनियाँ सरकारसँग भएको सम्झौताअनुसार नबन्ने हो भने नेपाल आफैंले यथाशक्य छिटो बनाउनु पर्छ भन्दै सङ्कल्प प्रस्ताव दर्ता गराएको छु ।


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?