Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

नेपालका धार्मिकस्थलको दर्शन गर्न काँग्रेस प्रवक्ता महतको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।
भारतीय वर्किङ जर्नालिस्ट युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सेमिनारमा उनले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरेका हुन् ।

‘हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमशृङ्खला छन्। मधेशदेखि हिमालसम्मको लोभ लाग्दो हावापानी हाम्रै नेपालमा छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै जुट्नु पर्ने बेला भयो,’ प्रवक्ता महतले भने, ‘हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।’

उनले अहिले समाजिक सञ्जालमा गलत कुराको प्रचारबाजी गर्ने काम बढ्दै गएको भन्दै गलत कुराको प्रचाबाजी गर्ने कार्यलाई रोक्न भारतीय वर्किङ जर्नालिस्ट युनियनले पनि आफ्नो ठाउँबाट कलम चलाउनु पर्नेमा जोड दिए ।

प्रवक्ता महतले भारत र चीनको बीचमा भएकाले नेपाल सानो जस्तो देखिए पनि सानो देश नभएको बताए । जनसंख्या र भूगोलको हिसाबले विशाल देश भारतको हृदय पनि विशाल हुनुपर्ने उनको भनाइ थियो । नेपाल र भारतको सम्बन्ध युगौंदेखिको भएको भन्दै महतले सम्बन्धलाई सुमधुर बनाउन दुवै देश सचेत हुनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?