Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने


एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने

काठमाडौँ। नेकपा (एमाले) ले आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची पारित गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नामावली पेश गरेका थिए । बैठकले अध्यक्षद्वारा प्रस्तुत नामावली अनुमोदन गर्दै सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष ओलीले संसद पुनःस्थापनाको विषयमा समेत जोड दिएका थिए । एमाले निर्वाचनबाट नभाग्ने तर निर्वाचनका लागि उपयुक्त वातावरण बनिनसकेको कुरा अध्यक्षले बैठकमा राख्नुभएको उपमहासचिव भट्टले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “समानुपातिक उम्मेदवारको बन्दसूची पारित भएको छ । अध्यक्षज्यूले जिल्लाबाट प्राप्त नामहरू पेश गर्नुभयो र त्यसलाई हामीले पास गरेका छौँ । केही हेरफेर गर्नुपर्ने भएमा मिलाएर भोलि नै आयोगमा बुझाउने निर्णय भएको छ ।”

साथै, उपमहासचिव भट्टले अध्यक्ष ओली र प्रधानमन्त्रीबीचको भेटका क्रममा निर्वाचनको वातावरणबारे अध्यक्षले राखेको जिज्ञासालाई तोडमोड गरी बाहिर प्रचार गरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?