Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति


रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको सम्झौता स्वभाविक भएपनि संघीयता र धर्मनिरपेक्षता जस्ता आधारभुत विषयहरू नसमेटिएको भन्दै आशंका व्यक्त गरेका छन् ।

आईतवार जनकपुरमा कुरा गर्दै नेता सुमनले यस्तो टिप्पणी गतेका छन् । उनले जेन–जी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आम जनताको चाहनाअनुसार दुई शक्तिबीचको सम्झौता स्वभाविक भएको पनि बताए । उनले रास्वपा सभापति रवि लामिछाने र महानगर प्रमुख शाहले सम्झौतामा संघीयता र धर्म निरपेक्षताको विषय लेख्न लजाएको आरोप पनि लगाएका छन् । बालेनजस्तो चर्चित व्यक्तित्व रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको विषय भएपनि रास्वपाको नीतिगत ठिक नभएको उनको तर्क छ । उनले रास्वपा संघीयता विरोधी गतिविधिमा संलग्न रहेको कारण थप आशंका उत्पन्न गरेको बताएका छन् ।

उनले भने, ‘यो स्वभाविक जस्तै लाग्यो । जेनजी आन्दोलनका मागअनुसार यथास्थितिबाट देश फेरिनुपर्छ भन्ने आम जनताको मागअनुसार नै उहाँहरुबीच भएको सम्झौता स्वभाविक नै लाग्यो । तर सम्झौता गर्दा उहाँहरु संघीयतालाई बिर्सनुभयो । धर्मनिरपेक्षतालाई पनि बिर्सनुभयो । सम्झौतामा ती कुराहरु लेख्न लजाउनुभयो कि भन्ने जस्तो लाग्यो । यो दीगो रहोस् । नेपालमा यस्ता सम्झौताहरु धेरै हुन्छन् तर दिगो रहन्नन् । बालेनजीजस्तो चर्चित व्यक्ति रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वापाको लागि सौभाग्यको कुरो हो । तर रास्वपाले धर्म निरपेक्षता र प्रदेश सभा निर्वाचनमा समेत सहभागि हुने गरेको छैन । अर्थात संघीयताको विरुद्धमा जाने गरेको छ । यसले हामी सबै संशकित भएका छौँ । निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार फलनोलाई बनायौँ भन्ने उनीहरुको कार्य हाँस्यास्पद जस्तो लाग्यो ।’

निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कार्य हाँस्यास्पद भएको उनको टिप्पणी छ ।


प्रकाशित मिति: १३ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?