Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले


सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौँ। नेकपा (एमाले) ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सेना परिचालन सम्बन्धमा राखेको अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरिएको भन्दै आपत्ति जनाएको छ ।

आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि कुरा गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार, अध्यक्ष ओलीले सेना परिचालनबारे राखेको कुरालाई बाहिर गलत ढंगले प्रचार गरिएको भन्दै बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उपमहासचिव भट्टका अनुसार, शीर्ष नेतासहित प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले “सुरक्षा दिने सेनाले हो कि प्रहरीले ?” भनी प्रश्न गरेका थिए । तर, सोही विषयलाई तोडमोड गरी ‘आसन्न प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न नहुने’ भनी अध्यक्षले अभिव्यक्ति दिएको भन्ने भ्रम फैलाइएको भट्टले स्पष्ट पारेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “हिजो प्रधानमन्त्रीकहाँ जाँदा अध्यक्षज्यूले ‘निर्वाचनको वातावरण बन्छ कि बन्दैन?’ भनेर सोध्नुभयो । अहिलेको अवस्था प्रतिक्रान्ति र प्रतिगमन हो, लोकतान्त्रिक विधि–पद्धतिबाट संसद विघटन नगरी जसरी अघि बढ्नुपर्थ्यो, त्यो भएन भन्ने उहाँको धारणा थियो ।”

भट्टले अगाडि भने, “निर्वाचनको वातावरण बनाउन सेना परिचालन गर्ने प्रसंग आउँदा उहाँले ‘सुरक्षा दिने सेनाले हो कि प्रहरीले? सेना त बाहिरी घेरामा हुन्छ’ भन्नुभएको थियो । यही कुरालाई लिएर जसरी भ्रम फैलाइयो, त्यसमा हाम्रो आपत्ति छ ।”

साथै, प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले सरकारको गठन र सञ्चालन लोकतान्त्रिक र संवैधानिक ढंगबाट नभएको धारणा राख्नुभएको भट्टले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १३ पुष २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?