Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राजेन्द्र महतोकाे “मधेशी-पहाडी एकता सभा ” (फाेटाे फिचर)


काठमाडाैं । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना र संविधानसभा सदस्य तथा पुर्व मन्त्री राम नरेश रायको अध्यक्षतामा “मधेशी-पहाडी एकता सभा ” कार्यक्रम गरिएको छ । लालबन्दीको खेल मैदानबाट शुरु भएको र्याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको थियो। स्थानीय युवा नेता जिगमेला बमजनले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पुर्व उप्रधानमन्त्री राजेन्द्र महतोले मधेश आन्दोलन ताका राज्यले मधेशको मुद्दालाई ओझेलमा पार्न पहाडी विरुद्धको आन्दोलन भनि गलत भास्य निर्माण गरेको बताए।

त्यही भास्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा  पुरा गराउन मधेशी पहाडी एकता सभाको आयोजन आवस्यक रहेको बताए। महतोले लोकतान्त्रिक आन्दोलनको कार्यभार पुरा नभएकोले आफुहरुलाई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको बताए । अर्का नेता केशव झाले देशका सबै उत्पीडितहरु अहिलेसम्म छुट्टाछुट्टै संघर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको बताए। त्यसकारण आदिवासी जनजाति , मधेशी, उत्पीडित खस आर्य सबै मिलि संघर्ष गर्नुको विकल्प नरहेको बताए । मधेशमा तराई, पहाड, हिमाल सबै भुगोलका बासिहरु बस्ने भएकोले आपसी सदभाव र सहअस्तित्व स्वीकार गर्नु पर्ने बताए।

कार्यक्रममा तामाङ धेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेतागण कमला गुरुङ, सुमन सायमी,राजिव झा, बुद्धछिरिङ मोक्तान , जुनतारा पुन मगर, कौशल सिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान , हुसेन खान, बिनोद साह, जिवन तामाङ, राजेश यादव लगायतका नेताहरुले सम्बोधन गर्नु भएको छ।


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?