Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

राजेन्द्र महतोकाे “मधेशी-पहाडी एकता सभा ” (फाेटाे फिचर)


काठमाडाैं । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना र संविधानसभा सदस्य तथा पुर्व मन्त्री राम नरेश रायको अध्यक्षतामा “मधेशी-पहाडी एकता सभा ” कार्यक्रम गरिएको छ । लालबन्दीको खेल मैदानबाट शुरु भएको र्याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको थियो। स्थानीय युवा नेता जिगमेला बमजनले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पुर्व उप्रधानमन्त्री राजेन्द्र महतोले मधेश आन्दोलन ताका राज्यले मधेशको मुद्दालाई ओझेलमा पार्न पहाडी विरुद्धको आन्दोलन भनि गलत भास्य निर्माण गरेको बताए।

त्यही भास्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा  पुरा गराउन मधेशी पहाडी एकता सभाको आयोजन आवस्यक रहेको बताए। महतोले लोकतान्त्रिक आन्दोलनको कार्यभार पुरा नभएकोले आफुहरुलाई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको बताए । अर्का नेता केशव झाले देशका सबै उत्पीडितहरु अहिलेसम्म छुट्टाछुट्टै संघर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको बताए। त्यसकारण आदिवासी जनजाति , मधेशी, उत्पीडित खस आर्य सबै मिलि संघर्ष गर्नुको विकल्प नरहेको बताए । मधेशमा तराई, पहाड, हिमाल सबै भुगोलका बासिहरु बस्ने भएकोले आपसी सदभाव र सहअस्तित्व स्वीकार गर्नु पर्ने बताए।

कार्यक्रममा तामाङ धेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेतागण कमला गुरुङ, सुमन सायमी,राजिव झा, बुद्धछिरिङ मोक्तान , जुनतारा पुन मगर, कौशल सिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान , हुसेन खान, बिनोद साह, जिवन तामाङ, राजेश यादव लगायतका नेताहरुले सम्बोधन गर्नु भएको छ।


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?