जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा आइपुग्नुभएको छ । उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२
कावासोती। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भोली हामी पनि ज्येष्ठ बन्छौँ भन्ने कुरा कसैले भुल्न नहुने बताउनुभएको छ ।रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशले राष्ट्रिय युवा परिषद् भक्तपुरसँगको समन्वय तथा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहयोगमा वैदेशिक रोजगारमा गएका युवाहरूको घरपरिवारका दिदीबहिनीहरूको उद्यमशीलता विकासका लागि आयोजना गरेको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गराएका थिए । यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटर छन् । यी
-बालेन शाह सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदुषक तत्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक सनिवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइदै आइएको छ ।हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि मंगलबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेल कतारको दोहा हुँदै जेनेभा जाने कार्यक्रम छ । भ्रमणमा उहाँका साथमा प्रथम महिला सविता पौडेल पनि सहभागी हुनुहुन्छ । राष्ट्रपति निर्वाचित भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो । उहाँले
मोरङ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच दुई दिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी,२०८१ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा उक्त गोष्ठी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले मङ्गलवार गृह नगर वीरगञ्जस्थित नारायणी अस्पतालको अनुगमन गर्नुभएको छ । मङ्गलवार बिहानै वीरगञ्ज पुग्नुभएका मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालस्थित ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गर्नुभएको हो । कुराकानीका
काठमाडाैं । बलात्कार मुद्दामा दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले मंगलबार गिरीकाे सजाय तोकेको हो। यसअघि जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सजाय निर्धारणाका लागि भने
पोखरा । गण्डकी प्रदेशमा सोमबार ‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मंगलबार मन्त्रीमा नियुक्त भएका छन् । गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी उनले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए । माओवादी दलको ह्विप उलंघन गरेको भोलिपल्ट देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जा, जलस्रोत तथा
काठमाडौं । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ ।