Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

१३ सामुदायिक विद्यालयले भाडा लगाएका १७५ सटरमा महानगरको ताला !


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गराएका थिए । यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटर छन् । यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए ।

यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

यससँगै शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए ।

हिजो ४ वटा विद्यालयका ६१ वटा सटरमा ताला लगाएको थियो । यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारमा रहेको सहिद शुक्र मा. वि. का २२ वटा, विजय स्मारक मा. वि. डिल्लीबजारका ८ वटा र पदमकन्या मा. वि. डिल्लीबजारका १४ वटा सटर छन् ।

यी विद्यालयहरुले विद्यालयको खुला जग्गा संकुचित बनाएका छन् । अस्थायी टहरा बनाएका छन् । यसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा सिर्जना गरेको छ । शिक्षा अधिकृत नेत्रनारायण पौडेल भन्नुहुन्छ, ‘शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकोले ताला लगाउनु परेको हो ।’ यस व्यवस्था अनुसार विद्यालयको सम्पत्ति विद्यार्थीहरुको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्र उपयोग गर्न पाइन्छ ।

ताला लगाइएका सटरहरुको चावी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ । व्यवसाय सञ्चालन गर्न नदिने तर व्यवसायीका सामान सारेर लैजाने सर्तमा प्रधानाध्यापकहरुलाई ताला दिइएको हो ।

प्रमुखको सचिवालयका प्रमुख सस्मित पोखरेल भन्नुहुन्छ, ‘२०८० चैत २ गते शिक्षा विभागबाट सबै सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेर विद्यालय हाताभित्र भएका भाडामा लगाइएका, वहाल अवधि सकिएका सटरको नविकरण नगराउन भनिएको थियो । अनुगमनका क्रममा देखिएको यो अवस्था सुधार गर्न विद्यालयहरुबाट चासो नदेखाए पछि ताला लगाउनु परेको हो ।’

‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको अनुगमनपछिको प्रतिवेदनमा देखिएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?