Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मुख्य समाचार


“सुरक्षा कमाण्ड सम्हाल्दै नेपाली सेना”

काठमाडौं । नेपाली सेनाले हालको विपद् परिस्थितिमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीजस्ता घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना लगायतका सुरक्षा निकायहरू तयारी अवस्थामा रहने बताएको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार असामाजिक गतिविधि रोक्न र जनधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने उल्लेख गरिएको छ। सोही

जेलबाट निस्किए रवि लामिछाने

काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने आज जेलमुक्त भएका छन्। सुरक्षा अभाव देखिएपछि उनलाई पत्नी निकिता पौडेलको जिम्मामा छोडिएको रास्वपाको स्रोतले जनाएको छ।

जेनजी प्रदर्शनकारीहरूले शेरबहादुर देउवा र आरजु राणालाई कुटपिट गरेका छन्

काठमाडौं । उग्र जेनजी प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन्। सिंहदरबार, संसद् भवन, शीर्ष नेताहरूको आवास, पार्टी कार्यालय र प्रहरी प्रभागमा समेत आगजनी र तोडफोड भइरहेका छन्।

मानवअधिकार आयोगद्वारा हिंसात्मक नहुन प्रदर्शनकारीलाई आग्रह

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ । आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग

एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा आगजनी

जनकपुर। नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् । आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुङ्गामुढा

जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै न

दोस्रो दिन जेन जी प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् ।

साँगामा उपत्यका प्रवेश गर्ने सवारी र मानिसलाई रोक

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट उपत्यका प्रवेश गर्ने नाका  साँगामा मानिस र सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा जारी कर्फ्यु आदेशसँगै जिल्ला प्रहरी प्रमुख कोमल शाहले प्रवेश नाकामा कडाइ गरिएको जानकारी दिएका छन् । जेनजीहरूको विरोध प्रदर्शनमा हिजो काभ्राका विभिन्न स्थानमा झडप हुँदा १९ जनाको मृत्यु भएको थियो

आजबाट यो सरकारको औचित्य सकियो : डा. शेखर कोइराला

विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले आजको घटनापछि वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् । माजिक सञ्जालमा लेख्दै कोइरालाले जेनजी पुस्ताको माग जायज रहेको उल्लेख गर्दै सरकार अधिनायकवादी ढंगले विद्यार्थीमाथि गोली चलाएको आरोप लगाएका छन् । कोइरालाले घटनाको कडा निन्दा गर्दै मृतक र घाइते परिवारप्रति समवेदना प्रकट गरेका

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्। सोमबारको जेनजी प्रदर्शन हिंसात्मक बनेर १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।

सम्वन्धित समाचारहरु