Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

मानवअधिकार आयोगद्वारा हिंसात्मक नहुन प्रदर्शनकारीलाई आग्रह


काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ ।

आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग गरिएको पाईएको उहाँले बताउनु भयो । १९ जनाको मृत्युले पनि सरकारले अत्याधिक बल गरेको कुरालाई पुष्टी गर्ने उनले बताएका छन् ।

उनले उक्त घटनाको छानविनको लागि अनुसन्धान टोली गठन गरेको छ । आयोगको सदस्य डा लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको हो । अनुसन्धान टोलीले प्रर्दशनका क्रममा भएका मानवअधिकार उल्लङ्घन र त्यसका संलग्नको पहिचान गरि दोषिलाई कारबाही गर्न र पिडितलाई क्षतिपुर्ती दिन सिफारिस गर्ने आयोगका प्रवक्ता डा पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार अनुसन्धान टोलिले मंगलबारदेखी नै काम थाल्नेछ । आयोगले यस घटनालाई निन्दा गरेको छ ।

उक्त घटना मानवअधिकारको अन्तर्राष्ट्रिय मूल्य मान्यता, नेपालको संविधान र कानूनको पनि विपरित भएको आयोगले जनाएको छ । हत्याको घटनालाई आयोगले गम्भिरतापूर्वक लिएर दोषीलाई कानूनी दायरमा ल्याउने आयोगले जनाएको छ ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?