Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मानवअधिकार आयोगद्वारा हिंसात्मक नहुन प्रदर्शनकारीलाई आग्रह


काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ ।

आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग गरिएको पाईएको उहाँले बताउनु भयो । १९ जनाको मृत्युले पनि सरकारले अत्याधिक बल गरेको कुरालाई पुष्टी गर्ने उनले बताएका छन् ।

उनले उक्त घटनाको छानविनको लागि अनुसन्धान टोली गठन गरेको छ । आयोगको सदस्य डा लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको हो । अनुसन्धान टोलीले प्रर्दशनका क्रममा भएका मानवअधिकार उल्लङ्घन र त्यसका संलग्नको पहिचान गरि दोषिलाई कारबाही गर्न र पिडितलाई क्षतिपुर्ती दिन सिफारिस गर्ने आयोगका प्रवक्ता डा पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार अनुसन्धान टोलिले मंगलबारदेखी नै काम थाल्नेछ । आयोगले यस घटनालाई निन्दा गरेको छ ।

उक्त घटना मानवअधिकारको अन्तर्राष्ट्रिय मूल्य मान्यता, नेपालको संविधान र कानूनको पनि विपरित भएको आयोगले जनाएको छ । हत्याको घटनालाई आयोगले गम्भिरतापूर्वक लिएर दोषीलाई कानूनी दायरमा ल्याउने आयोगले जनाएको छ ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?