Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

“सुरक्षा कमाण्ड सम्हाल्दै नेपाली सेना”


काठमाडौं । नेपाली सेनाले हालको विपद् परिस्थितिमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीजस्ता घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना लगायतका सुरक्षा निकायहरू तयारी अवस्थामा रहने बताएको छ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार असामाजिक गतिविधि रोक्न र जनधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने उल्लेख गरिएको छ। सोही क्रममा, २०८२ साल भदौ २४ गते राति १० बजेदेखि सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको सेनाले जनाएको छ।

सेनाले सम्पूर्ण नागरिकसँग राष्ट्रिय सम्पत्ति संरक्षण र शान्ति–सुरक्षामा सहयोग गर्न पनि अपिल गरेको छ। साथै परिस्थितिअनुसार थप जानकारी समयमै सार्वजनिक गरिने जनाएको छ।


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?