काठमाडौँ। प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेन–जी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गरेका छन् । आईतवार प्रगतिशिल लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जेन जी विद्रोह विदेशीको कारणले नभइ नेतृत्वमा रहेका नेताहरुका कारणले भएको जिकिर गरेका
काठमाडौँ। जेन–जी २.० राष्ट्रिय अभियानले शहीदहरुको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ । आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माईतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो । उनीहरुले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, उर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन् । सरकारका प्रतिनिधिहरुको उपस्थितिले युवाहरुको
काठमाडौँ। प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेको बताएका छन् । प्रगतिशिल लोकतान्त्रिक पार्टीको घोषणा सभामा उनले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर पार्टी निर्माणमा लागेको बताएका छन् । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी बीचको एकता प्रक्रियाबाट बाहिरिएका नेता शर्माले प्रगतिशिल
काठमाडौँ। २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको छ । आईतवार दिउँसो माईतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन् । त्यस्तै रोजगारीको ग्यारेन्टी गर्न, २०४६ साल यताको श्रोत नखुलेको सम्पती राष्ट्रियकरण गर्न,
विराटनगर। मोरङको विराटनगरमा नेता महेश बस्नेत सवार गाडीमा जेन–जी युवाले रातो मसी फ्याँकेर विरोध जनाएका छन्। सुनसरी जाँदै गर्दा एयरपोर्ट लाइन सडकमा दुई युवाले बेलुनमा राखिएको रातो मसी हानेका हुन्। घटनापछि प्रहरीले अरजित कुँवर (१९) र संजोग गौतम (२५)लाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ।
काठमाडौँ। नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन् । जेन–जी आन्दालनपछि विकसित राजनितिको उचित निकास निर्वाचन नै भएको उनले बताए । उनले अन्तरिम
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताएका छन् । केन्द्रिय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताएका छन् । उनकाअनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेको पनि बताए ।
काठमाडौँ। अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् । शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताएका छन् । अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको उनको भनाइ छ । जेन–जी आन्दोलनको
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताएका छन् । वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताउदै उनले भदौ
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताएका छन् । उनले अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुनःस्थापनाको विकल्प नरहेको बताएका