Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

मुख्य समाचार


राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै पक्राउ गरी दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ । दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।

बजेट भाषण (प्रत्यक्ष प्रसारण)

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण सुरु भएको छ । https://www.youtube.com/watch?v=WBD5GtP3sJE

राजावादीहरुको व्यवस्था विरोधी प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ। बिहीवारदेखि शुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी राजावादी समूहले बिहीवार काठमाडौंको शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ । वर्तमान व्यवस्थाको विरोधमा संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आन्दोलन तय भएको हो । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घसंस्थाहरू रहेका छन् ।

मुलुकमा बलिया राजनीतिक दलहरू आवश्यकः महासचिव पोखरेल

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा धेरै राजनीतिक दलहरूको आवश्यक नरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एमालेले बिहीवार काठमाडौँमा आयोजना गरेको ‘गणतन्त्र उत्सव’लाई सम्बोधन गर्दै उनले देशमा धेरै राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूको आवश्यकता रहेको बताएका छन् । उनले राजनीतिक अस्थिरताका कारणले नै आफूहरूले चाहेको विकास र

समाजवादी मोर्चा गतिशिल हुन सकेन, अरु पार्टीसँग तत्काल एकता सम्भव छैनः माधव नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरुसँग तत्काल एकतावद्ध हुन नसकिने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल अन्य राजनीतिक दलहरुसँग एकतावद्ध भएर जाने सम्भावना नरहेको भन्दै सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको

चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने भएको छ । आज संसदमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१/८२ को आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै सोबारे जानकारी गराउनुभएको हो । उहाँले प्रदेशगत रूपमा मधेस प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर

बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने भएको छ । हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै नगद मौज्दात अनुपात ७० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेको हो । केन्द्रिय बैंकले संशोधित निर्देशिकाअनुसार अब अनिवार्य नगद मौज्दातको न्युनतम ९० प्रतिशत रकम दैनिक

विपक्षी दलहरुले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न दिने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने भएका छन् । सभाको बिहीवारको बैठकको शुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी गराएका छन् । उनले भिजिट भिसा प्रकरणको छानविन गर्न उच्चस्तरीय छानविन आयोग

भिजिट भिसा प्रकरणबारे झलनाथ– ‘एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन्’

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन खोजेको बताएका छन् । १८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताए । उनले एउटालाई बलिको बोको बनाएर अरू चोखिन

पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन् । गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने

सम्वन्धित समाचारहरु