Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

रास्वपालाई गृहमन्त्रीको प्रश्नः भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले नैतिकताका कुरा सिकाउन मिल्छ ?


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले नैतिकताका कुरा नसिकाउन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधवार बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले अहिले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर प्रश्न उठाइएको भन्दै प्रधानमन्त्रीसँग जाने मानिसहरु सरकारले निर्णय गरेर लैजाने र नामहरु सार्वजनिक पनि हुने गरेको बताए । उनले यस्ता न्युनतम जानकारी राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई आग्रह गरे । कोको जानुभएको थियो र त्यसमध्ये को फर्किएर आएन भनेर भनिदिए सरकारलाई सजिलो हुने बताएका छन् । कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि नपुगिने उनको भनाइ छ । सहकारी ठगी प्रकरणमा अदालतको फैसलासँगै कारागारमा रहेका राष्ट्रिय सभाका सभापति रवि लामिछाने कुनै बेला भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको कुरा स्मरण गराए ।

गृहमन्त्री लेखकले भने, ‘हिजोआज फेरि सम्माननीय प्रधानमन्त्रीज्यु मित्रराष्ट्र स्पेनको भ्रमणमा जानुभयो । सम्माननीय प्रधानमन्त्रीज्युसँग गएका मानिसहरु उतै बसे भन्नेकुरा उठिरहेको छ । हामीले पनि कुनैपनि विषयको न्युनतम जानकारी र ज्ञान राख्नुपर्छ । कमसेकम सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयलाई मर्यादित ढंगले प्रश्तुत गर्दा राम्रो हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्युले विदेशको औपचारिक भ्रमण गर्दा उहाँको प्रतिनिधि मण्डलामा जाने मानिसहरुको नेपाल सरकार मन्त्रीपरिषद्ले निर्णय गरेर मात्रै जान्छ । कोको मानिस सम्माननीय प्रधानमन्त्रीजीसँग विदेश जानुभएको भन्नेकुरा सार्वजनिक हुन्छ । कोको जानुभएको थियो, त्यसमध्ये को फर्किएर आएन भनेर भनिदिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो । होइन भने यस्ता कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि पुगिँदैन । जो साथीहरुले कुरा उठाइरहनुभएको छ, मैले एउटा करा सुनेको छु, सुनेको कुरा जान्ने साथीहरुलाई थाहा होला र मलाई पनि जानकारी छ । मान्य रवि लामिछानेजी यही सम्मानित सदनको सदस्य रहनुभएको थियो । उहाँ कुनै समय अमेरिकाको भिजिट भिसामै भिजिट गर्न जानुभएको भन्ने सुनेको छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो की होइन ? होइन भने के भिसामा जानुभएको हो ? त्यो जानकारी गराइदिनुहोला । भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ की पाइँदैन । त्यो भिजिट भिसाको दुरुपयोग हो की होइन । अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरुले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ की हुँदैन । नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने की आफूबाट प्रारम्भ गर्ने ? यति कुरा मैले आजसम्म भनेको थिइँन । तर साथीहरुले अलि गर्न नहुनेतिर बढी लाग्नुभएको छ ।’

नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने भन्दा आफूबाट लागू गर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?