Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु सहकारीको हिमायती बनेर हिँडिरहेका छन्ः मन्धी अधिकारी


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरु क्रियाशिल रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रुपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर काम भइरहेको बताए । सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु नै सहकारीको हिमायती बनेर प्रचारमा हिँडिरहेको जिकिर गरे । यस्ता कुरामा सजग हुनुपर्ने र सहकारीलाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।

मन्त्री अधिकारीले भने, ‘अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रुपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरु लागेको अवस्था छ । सहकारीमा जसले मनपरी गर्यो, जसले सहकारी बिगार्यो उनीहरु नै सहकारी हिमायती बनेर प्रचार गर्ने र अगाडि बढ्ने गरेका छन् । यि कुराहरुमा हामी सजग हुनुपर्छ । त्यस्ता कुराको खण्डन गरेर सहकारीलाई व्यवस्थित गर्न जरुरी छ ।’

मन्त्री अधिकारीले केही समस्या आउँदैमा सबै सकियो भन्नेकुरा गलत रहेको बताए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?