Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको दाबी


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । विपद्मा परेका नागरिकको उद्धार मात्र नभई संसट परेको बेलापनि सरकार नागरिकसँगै छ भन्ने आशाको सञ्चार गराउन सफल भएको उनको दाबी छ । गृहमन्त्री लेखकले रसुवा बाढीमा फसेका ३० जनाको हेलिकोप्टरमार्फत सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए । उनका अनुसार नेपाल–चीन सीमा क्षेत्रबाट चार जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई समेत हेलिकोप्टरको सहायताबाट समयमै उद्धार गरिएको छ । त्यस्तै उनले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुई जना प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनाको स्थलगत उद्धार गरिएको छ । संयुक्त सुरक्षाकर्मीको टोलीले जोखिमपूर्ण स्थितिमा उद्धार कार्य सम्पन्न उनको भनाइ छ । गृहमन्त्री लेखकले रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइडमा फसेका एक चिनियाँ नागरिक, १५ जना नेपाली पुरुष र दुई जना महिला गरी १८ जनाको स्थलगत उद्धार गरिएको पनि बताए ।

उनले भने, ‘हालसम्म हवाई उद्धारबाट ३० जनाको सफलतापूर्वक उद्धार भएको छ । विपद्मा फसेका नागरिकको उद्धार मात्रै होइन विपद्मा परेका नारिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको सञ्चार समेत सरकारले गराएको छ । नेपाल–चीन सीमा क्षेत्रबाट चार जना भारतीय र एक जना नेपालीको हेलिकेप्टरमार्फत समयमै उद्धार गरिएको थियो । त्यसैगरी स्थलगत उद्धारमार्फत रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित रसुवागडी भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनाको सुरक्षाको संयुक्त टोलीले उद्धार गरेको छ । सोही घटनामा रसुवागडी हाइड्रोपावरको ड्याम साइडमा फसेका चीनियाँ पुरुष १, नेपाली पुरुष १५ जना र दुई जना गरी १८ जनाको उद्धार गरेको छ ।’

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी रसुवा बाढीपछिको उद्धारमा ६८२ जना सुरक्षाकर्मी खटिएको समेत बताए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?