Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको दाबी


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । विपद्मा परेका नागरिकको उद्धार मात्र नभई संसट परेको बेलापनि सरकार नागरिकसँगै छ भन्ने आशाको सञ्चार गराउन सफल भएको उनको दाबी छ । गृहमन्त्री लेखकले रसुवा बाढीमा फसेका ३० जनाको हेलिकोप्टरमार्फत सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए । उनका अनुसार नेपाल–चीन सीमा क्षेत्रबाट चार जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई समेत हेलिकोप्टरको सहायताबाट समयमै उद्धार गरिएको छ । त्यस्तै उनले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुई जना प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनाको स्थलगत उद्धार गरिएको छ । संयुक्त सुरक्षाकर्मीको टोलीले जोखिमपूर्ण स्थितिमा उद्धार कार्य सम्पन्न उनको भनाइ छ । गृहमन्त्री लेखकले रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइडमा फसेका एक चिनियाँ नागरिक, १५ जना नेपाली पुरुष र दुई जना महिला गरी १८ जनाको स्थलगत उद्धार गरिएको पनि बताए ।

उनले भने, ‘हालसम्म हवाई उद्धारबाट ३० जनाको सफलतापूर्वक उद्धार भएको छ । विपद्मा फसेका नागरिकको उद्धार मात्रै होइन विपद्मा परेका नारिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको सञ्चार समेत सरकारले गराएको छ । नेपाल–चीन सीमा क्षेत्रबाट चार जना भारतीय र एक जना नेपालीको हेलिकेप्टरमार्फत समयमै उद्धार गरिएको थियो । त्यसैगरी स्थलगत उद्धारमार्फत रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित रसुवागडी भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनाको सुरक्षाको संयुक्त टोलीले उद्धार गरेको छ । सोही घटनामा रसुवागडी हाइड्रोपावरको ड्याम साइडमा फसेका चीनियाँ पुरुष १, नेपाली पुरुष १५ जना र दुई जना गरी १८ जनाको उद्धार गरेको छ ।’

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी रसुवा बाढीपछिको उद्धारमा ६८२ जना सुरक्षाकर्मी खटिएको समेत बताए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?