Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङसँग ९५ हजार टन मल मौज्दात छः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरुमा करिव ९५ हजार टन मल मौज्दात रहेको रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीकाअनुसार खेती गरिएको बाली र मलको सिफारिस मात्राको आधारमा वार्षिक मलको आवश्यकता करिव ११ देखि १३ लाख मेट्रिक टन रहेपनि मध्य तथा उच्च पहाडमा सिफारिसअनुसार मलखाद प्रयोग कमै हुने कारण मलको प्रभावकारी माग करिव आठ लाख टन रहेको पाइएको छ । पछिल्ला वर्षहरुमा हाइब्रिड मकै र धानको खेती बढेसँगै मलको मागमा उच्च वृद्धि भएको मन्त्री अधिकारीले बताए । पछिल्ला केही वर्ष यता वार्षिक करिव ४ लाख ५० हजारदेखि ५ लाख मेट्रिक टन अनुदानमा उपलब्ध गराउने गरिएको बताए । मन्त्री अधिकारीले नेपाल सरकारले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ को आधारमा कृषकलाई अनुदानमा मलखाद गराउँदै आएको बताएका छन् । हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरि सकिएको र ४ लाख २४ हजार टन विक्री गरिसकिएको बताए । यसको अलावा ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कलकता बन्दरगाह भर्खरै आएको अवस्था रहेको पनि बताए । देशभरका करिव ११ हजार मल विक्रेता सहकारी संस्थाहरुले सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा दैनिक करिव २० हजार क्विन्टल ४० हजार बोरा मल सहकारीहरुले बुझि लगिरहनुभएको बताएका छन् ।

मन्त्री अधिकारीले भने, ‘खेती गरिएको बाली र मलको सिफारिस मात्राको आधारमा वार्षिक मलको आवश्यकता करिव ११ देखि १३ लाख मेट्रिक टन रहेपनि मध्य तथा उच्च पहाडमा सिफारिसअनुसार मलखाद प्रयोग कमै हुने कारण मलको प्रभावकारी माग करिव आठ लाख टन रहेको पाइएको छ । पछिल्ला वर्षहरुमा हाइब्रिड मकै र धानको खेती बढेसँगै मलको मागमा उच्च वृद्धि भएको छ । पछिल्ला केही वर्ष यता वार्षिक करिव ४ लाख ५० हजारदेखि ५ लाख मेट्रिक टन अनुदानमा उपलब्ध गराउने गरिएको छ । नेपाल सरकारले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ को आधारमा कृषकलाई अनुदानमा मलखाद गराउँदै आएको छ । मलमा करिव ६६ प्रतिशत अनुदान रहेको व्यहोरा सम्माननीय सभामुखमार्फत मान्यज्युहरुमा जानकारी गराउन चाहन्छु । हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरि सकिएको र ४ लाख २४ हजार टन विक्री गरिसकिएको छ । यसको अलावा ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कलकता बन्दरगाह भर्खरै आएको अवस्था छ । नेपाल भित्रिने क्रममा रहेको मल बाहेक हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरुमा करिव ९५ हजार टन मल मौज्दात रहेको छ । देशभरका करिव ११ हजार मल विक्रेता सहकारी संस्थाहरुले सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा दैनिक करिव २० हजार क्विन्टल ४० हजार बोरा मल सहकारीहरुले बुझि लगिरहनुभएको छ ।’

मन्त्री अधिकारीले कृषकको माग अनुसार मल आपूर्ति गराउन नसक्दा मुख्यबाली लगाउने समयमा मलको कमी र वितरणमा समस्या भइरहेको बताए । मागअनुसार मल आपूर्ति गर्न मलको मूल्य समायोजन गर्नु वर्तमानको उचित विकल्प रहेको बताए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?