Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङसँग ९५ हजार टन मल मौज्दात छः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरुमा करिव ९५ हजार टन मल मौज्दात रहेको रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीकाअनुसार खेती गरिएको बाली र मलको सिफारिस मात्राको आधारमा वार्षिक मलको आवश्यकता करिव ११ देखि १३ लाख मेट्रिक टन रहेपनि मध्य तथा उच्च पहाडमा सिफारिसअनुसार मलखाद प्रयोग कमै हुने कारण मलको प्रभावकारी माग करिव आठ लाख टन रहेको पाइएको छ । पछिल्ला वर्षहरुमा हाइब्रिड मकै र धानको खेती बढेसँगै मलको मागमा उच्च वृद्धि भएको मन्त्री अधिकारीले बताए । पछिल्ला केही वर्ष यता वार्षिक करिव ४ लाख ५० हजारदेखि ५ लाख मेट्रिक टन अनुदानमा उपलब्ध गराउने गरिएको बताए । मन्त्री अधिकारीले नेपाल सरकारले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ को आधारमा कृषकलाई अनुदानमा मलखाद गराउँदै आएको बताएका छन् । हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरि सकिएको र ४ लाख २४ हजार टन विक्री गरिसकिएको बताए । यसको अलावा ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कलकता बन्दरगाह भर्खरै आएको अवस्था रहेको पनि बताए । देशभरका करिव ११ हजार मल विक्रेता सहकारी संस्थाहरुले सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा दैनिक करिव २० हजार क्विन्टल ४० हजार बोरा मल सहकारीहरुले बुझि लगिरहनुभएको बताएका छन् ।

मन्त्री अधिकारीले भने, ‘खेती गरिएको बाली र मलको सिफारिस मात्राको आधारमा वार्षिक मलको आवश्यकता करिव ११ देखि १३ लाख मेट्रिक टन रहेपनि मध्य तथा उच्च पहाडमा सिफारिसअनुसार मलखाद प्रयोग कमै हुने कारण मलको प्रभावकारी माग करिव आठ लाख टन रहेको पाइएको छ । पछिल्ला वर्षहरुमा हाइब्रिड मकै र धानको खेती बढेसँगै मलको मागमा उच्च वृद्धि भएको छ । पछिल्ला केही वर्ष यता वार्षिक करिव ४ लाख ५० हजारदेखि ५ लाख मेट्रिक टन अनुदानमा उपलब्ध गराउने गरिएको छ । नेपाल सरकारले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ को आधारमा कृषकलाई अनुदानमा मलखाद गराउँदै आएको छ । मलमा करिव ६६ प्रतिशत अनुदान रहेको व्यहोरा सम्माननीय सभामुखमार्फत मान्यज्युहरुमा जानकारी गराउन चाहन्छु । हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरि सकिएको र ४ लाख २४ हजार टन विक्री गरिसकिएको छ । यसको अलावा ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कलकता बन्दरगाह भर्खरै आएको अवस्था छ । नेपाल भित्रिने क्रममा रहेको मल बाहेक हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरुमा करिव ९५ हजार टन मल मौज्दात रहेको छ । देशभरका करिव ११ हजार मल विक्रेता सहकारी संस्थाहरुले सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा दैनिक करिव २० हजार क्विन्टल ४० हजार बोरा मल सहकारीहरुले बुझि लगिरहनुभएको छ ।’

मन्त्री अधिकारीले कृषकको माग अनुसार मल आपूर्ति गराउन नसक्दा मुख्यबाली लगाउने समयमा मलको कमी र वितरणमा समस्या भइरहेको बताए । मागअनुसार मल आपूर्ति गर्न मलको मूल्य समायोजन गर्नु वर्तमानको उचित विकल्प रहेको बताए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?