Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रास्वपालक्षित बर्तौलाको टिप्पणीः संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजियो


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै बर्तौलाले रास्वपा सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । केही सांसदहरूले संसदजस्तो गम्भीर स्थानलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्न खोजेको उनको आरोप छ । उनले संसदभित्र गैरजिम्मेवार अभिव्यक्ति र हावादारी गतिविधिबाट संस्थागत मर्यादामा आघात पुगेको बताउँदै त्यसप्रति गम्भीर हुन संसद र सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यो संसदमा आफ्नो व्यक्तिगत फाइदाका लागि केही सांसदहरुले गलत कुरा व्यक्त गरिरहनु भएको छ । भाइरल बन्नको लागि संसदको ठाउँमा हावादारी र जथाभावी क्रियमकलापहरु गरेर दुषित समाचार सम्प्रेषणको स्रोत संसद बनाउन खोजिँदैछ ।यसतर्फ सभामुखमार्फत म सिंगो हाउसको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’

संसदको गरिमा र मर्यादा जोगाउन सबै सांसद जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?