Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

रास्वपालक्षित बर्तौलाको टिप्पणीः संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजियो


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै बर्तौलाले रास्वपा सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । केही सांसदहरूले संसदजस्तो गम्भीर स्थानलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्न खोजेको उनको आरोप छ । उनले संसदभित्र गैरजिम्मेवार अभिव्यक्ति र हावादारी गतिविधिबाट संस्थागत मर्यादामा आघात पुगेको बताउँदै त्यसप्रति गम्भीर हुन संसद र सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यो संसदमा आफ्नो व्यक्तिगत फाइदाका लागि केही सांसदहरुले गलत कुरा व्यक्त गरिरहनु भएको छ । भाइरल बन्नको लागि संसदको ठाउँमा हावादारी र जथाभावी क्रियमकलापहरु गरेर दुषित समाचार सम्प्रेषणको स्रोत संसद बनाउन खोजिँदैछ ।यसतर्फ सभामुखमार्फत म सिंगो हाउसको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’

संसदको गरिमा र मर्यादा जोगाउन सबै सांसद जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?