Trending
>>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई >>   तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूचि >>   घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ >>   हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड >>   स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग >>   कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

मुख्य समाचार


मधेस र वागमतीका धेरै जिल्ला अति उच्च जोखिममा, बारा–पर्सा–रौतहटमा २०० मि.मि.भन्दा बढी वर्षा

काठमाडौँ । अविरल वर्षासँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी अति उच्च जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यी जिल्लामा २ सय मिलिमिटरसम्म वर्षा भइसकेको छ । त्यस्तै वागमती प्रदेशका मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली र काभ्रेपलाञ्चोक पनि उच्च जोखिममा छन् ।

अविरल वर्षाका कारण बुद्ध एयरका सबै उडान रद्द

काठमाडौँ । देशभर परेको अविरल वर्षाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । मौसम प्रतिकूल भएकाले उडान सम्भव नभएको जनाउँदै कम्पनीले यात्रुहरूलाई टिकट रिसेड्युल वा रिफण्डका लागि आफ्ना ट्राभल एजेन्सी वा कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

स्थानीय सरकारसँग समन्वय गरी अलपत्र यात्रुको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयहरुसँग आग्रह

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर जिल्ला प्रशासन कार्यालयलाई बाटोमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित राख्न आग्रह गरिएको बताएका छन् । वर्षा हुनुभन्दा पहिला नै हिँडिसकेका तर गन्तव्यमा पुगि नसकेकाहरुका लागि यस्तो निर्णय लिइएको बताउंदै उनले बाटोमा अलपत्र परेका यात्रुहरुको सुरक्षाका

अविरल वर्षासँगै बढ्न थाल्यो उपत्यकाका नदीमा पानीको बहाव

काठमाडौँ। शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण कारण वागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ । शनिवार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोवास गर्नेहरुलाई शतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । साथै लामो दूरीका यातायात

सरकारले गर्यो आइतबार र सोमबार देशभर सार्वजनिक बिदा घोषणा

काठमाडौँ । लगातार वर्षाबाट उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले देशभर आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ। सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि सरकारले आपतकालीन निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। सरकारी कार्यालयहरू मंगलबारदेखि नियमित रूपमा सञ्चालन हुने बताइएको छ।

मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि सशस्त्रका २ हजार ६ सय ६१ जनशक्ति परिचालन

काठमाडौँ। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ । शनिवार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३ सय ३२ स्थानमा

भारी वर्षाको चेतावनी संगै मन्त्री घिसिङको निर्देशन, सबै निकाय तयारी अवस्थामा रहनु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शनिबार रातिबाट आइतबार मध्यान्हसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेका छन्। विभागको पूर्वानुमानअनुसार काठमाडौंसहित विभिन्न क्षेत्रमा ठूलो वर्षा हुने भन्दै उनले सडक, सिँचाइ र जलविद्युत संरचनामा क्षति हुन सक्ने चेतावनी दिएका छन्। मन्त्री घिसिङले सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा

धुलिखेल–खावा सडक खण्डमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । लगातार वर्षापछि धुलिखेल–खावा सडक खण्डमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। पहिरोले धुलिखेल–८ तिरतिरे धारामा ढुङ्गा खस्न थालेपछि सवारीसाधन रोकिएका हुन्। हुस्सु र पहिरोको जोखिम बढेकाले गाडीहरूलाई धुलिखेल र पाँचखालमा रोकिएको प्रहरीले जनाएको छ।

शनिवार १ बजेसम्म पर्साको वीरगञ्जमा ११० मिलिमिटर वर्षा, शतर्क रहन आग्रह

पर्सा। वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले शनिवार १ बजेसम्म पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर वर्षा भएको बताएका छन् । शनिवार सिंहदरबारमा सञ्चारकर्मीहरुलाई अहिलेको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् । बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको बताए । आसपासका केन्द्रहरुमा रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा पनि ७५

चाडपर्वको बेला यातायात बन्द गर्नु सरकारको बाध्यताः कार्यकारी प्रमुख भट्ट

काठमाडौँ। सरकारले परिस्थितिवश दशैँको बीचमा यातायात बन्द गर्नुपरेको बताएको छ । शनिवारदेखि सोमवारसम्म देशभर अत्याधिक वर्षा हुने र वर्षापछि बाढी, पहिरोको जोखिम रहने भएकाले सुरक्षित ठाउँमा बस्न र यात्रा नगरिदिन आग्रह गरेको हो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले दशैँको बीचमा यातायात बन्द

सम्वन्धित समाचारहरु