Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

काठमाडौंको सडकमा आँसु र आक्रोश बोकेर उत्रिए सुस्ताबासी (तस्बिरहरु)


काठमाडौँ। नवलपरासी (पश्चिम) को सुस्ताका सयौँ उत्पीडित बासिन्दाहरू आफ्नो मातृभूमि जोगाउन र आफ्ना आधारभूत मानव अधिकारको रक्षा गर्न काठमाडौं आइपुगेका छन् ।

सुस्ता बचाउ अभियानको आयोजनामा माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा उनीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा भोग्नुपरेको उत्पीडनका विरुद्ध एकतावद्ध स्वर उरालेका छन् । काठमाडौंको तातो कालोपत्रे सडकमा निधारमा रातो टीका र हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर बसेका वृद्ध, महिला र आमाहरूको दृढ अनुहारले सिंहदरबार र संसद भवनलाई सिधै झकझक्याइरहेको छ । लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोग्य जमिन भारतीय सीमा सुरक्षा बलको अतिक्रमणमा परेको तर आफ्नै देशको सरकारले लालपुर्जा नदिँदा उनीहरू सुरक्षाविहीन बनेका छन् । धर्ना कार्यक्रमका सहभागीहरूलेसरकारसँग मुख्य तीन बुँदे माग राखेका छन् ।

नेपालको सार्वभौम भूमि सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न र सुगौली सन्धिको भावनाअनुरूप सीमांकन गर्न प्रभावकारी कुटनीतिक पहल गर्न, सुस्ताबासीहरूलाई तत्काल बिना कुनै शर्त नेपाली वंशजको नागरिकता उपलब्ध गराउन र तेस्रो, पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको जमिनको नापजाँच गरी तुरुन्त लालपुर्जा वितरण गर्न माग गरेका छन् । काठमाडौंको सडकमा आँसु र आक्रोश बोकेर सुस्ताबासी उत्रिँदा धेरै काठमाडौंवासीहरूले ऐक्यवद्धता समेत जनाएका छन् । ‘दया होइन, न्याय दे’ लेखेको प्लेकार्ड बोकेकी आमाको रुवाइ र ‘हामी खेती गर्छौं, यसको स्वामित्व हाम्रो हो’ लेखेको बोर्ड समातेका सुस्ताका युवाहरूको आत्मसम्मानले सिंगो नेपाललाई सीमा र नागरिकको सुरक्षाबारे सोच्न बाध्य तुल्याएको छ ।


प्रकाशित मिति: १६ असार २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?