Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

‘रास्वपा दुश्मन होइन, प्रतिस्पर्धी हो’– गगन थापा


काठमाडौँ।सभापति गगनकुमार थापाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिष्पर्धी दल भएको बताएका छन् ।

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेस र रास्वपाबीच प्रतिष्पर्धा भएपनि शत्रुताको सम्बन्ध नरहेको बताएका छन् । उनले आफूलाई रास्वपाको जनमत देखेर लोभ लागेको भन्दै काँग्रेसलाई रास्वपाबाट अग्लो बनाउने दाबी पनि गरेका छन् । उनले आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमानदार काम गरेर राजनीतिक रूपमा उचाई हासिल गर्न चाहेको दाबी गरे । थापाले संसदमा प्रतिष्पर्धी भएको नाताले सरकारसँग आवश्यकताअनुसार सहकार्य र आलोचना दुवै गर्ने बताएका छन् ।

उनले भने, ‘नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइन । हामी प्रतिष्पर्धा गर्ने हो । हामी अग्लो हुनु चाहन्छौँ । तपाईहरुको अग्लाई देखेर लोभ लागेको छ । तर हामी तपाईहरुभन्दा अग्लो हुन चाहन्छौँ । बन्छौँ पनि एकदिन । तर तपाईहरुलाई सानो बनाएर, खुट्टा काटेर होइन । मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहान्छौँ । हामी सफा हुन चाहन्छौँ तर तपाईंहरुलाई फोहोर देखाएर होइन । हामी आफ्नो पार्टीभित्रको दुग्दन्ध हटाएर सफा हुन चाहन्छौँ । हामी तपाईहरुको दुस्मन होइनौँ । हामी संसदमा प्रतिष्पर्धी छौँ । जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ । जहाँ थपडी बजाउनुपर्ने हो त्यहाँ थपडी बजाउँछौँ ।’

उनले आफ्ना नेताहरुको आलोचना गर्न नछाड्न समेत रास्वपा पंक्तिलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: ७ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?