Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भयोः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई बैधानिकता दिने काम भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनैपनि क्षेत्र गतिका साथ अघि बढन नसकेको तर्क समेत गरेका छन् । अध्यक्ष ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भएपनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाएका छन् । उनले आम जनताले न्याय पाउने गरी आफूहरुले देशलाई फेरि अघि बढाउने दाबी समेत गरेका छन् ।

अध्यक्ष ओलीले भने,‘खेलाडीहरुमा देशभक्ति चाहिन्छ । देशको प्रतिष्ठाका लागि खेलाडीहरुले कसरी ज्यान फालेर खेलेका हुन्छन । हामी हरेकमा देशभक्ति चाहिन्छ । हामीले त्यसलाई बुझ्नुपर्दछ । देश विकसित भएन भने मलाई खेलसँग मतलव छ अरुथोक भनेर देश नै बर्बाद छ भने खेलमात्रै कसरी अघि बढछ र । नेपालको हालत त्यही भएको त हो । हामीले देशलाई अगाडि बढाउन खोज्यौ । भुईचालोले ध्वस्त बनायो, हामीले त्यसलाई उठायौ । कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौ । अर्थतन्त्री ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ । र विभिन्न क्षेत्रहरु शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र अनेकलाई हामीले यत्नपूर्वक अघि बढाउने प्रयास ग¥यौं । तर त्यो कुरा सैह्य भएन । विभिन्न शक्तिहरुले त्यसलाई संवैधानिक हिसावले, ढाल्न नसकेपछि असंवैधानिक हिसावले, उपद्रवको हिसावले तोडफोड, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरुबाट सरकार ढाल्ने बाटो समातियो । त्यसलाई वैधानिकता दिने काम भएको छ । तर देशलाई हामी फेरि शान्तिपूर्ण नेपाल, भयमुक्त नेपाल, साँच्चै सबै जनताले न्याय पाउने नेपाल, सबै जनतालाई न्याय प्राप्त हुने, सबैलाई माया गर्ने व्यवस्था त्यस प्रणालीबाट फेरी अगाडि बढ्नेछौँ । म साथीहरुलाई त्यही भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले हरेक नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: १६ असार २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?