Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पार्टीभित्र देखिएका विवादहरु सुल्झाउन सुभाव दिएका छन् ।

चितवनको भरतपुरमा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले काँग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा नमिले मुलुकलाई पनि अप्ठ्यारो पर्नसक्ने बताएका छन् । काँग्रेस र एमालेभत्रिका समस्या नमिल्दा देशलाई अगाडि लैजान समस्या हुने उनको भनाइ छ ।

उनले भने , ‘राष्ट्रिय राजनीतिमा आफ्नो मात्रै होइन, अरू सबै दल पनि ठिक हुनुपर्छ । अहिले देशका दुई शक्तिशाली दलमा समस्या देखिएका छन् । अप्ठ्यारा देखिएका छन् काँग्रेस र एमालेभित्र कहीँ न कहीँ अप्ठ्यारा देखिएका छन् । दुवै दलका शीर्ष नेताहरूले आफ्नोभित्रका अप्ठ्यारा मिलाउनु होला । ‘आफ्नो मात्रै होइन, अन्य दलका अप्ठ्यारा पनि मिले भने देश अगाडि जान्छ । उहाँहरू मिलेको देख्न पाइयोस् ।’

उनले निर्वाचनअघि नै आफूले प्रधानमन्त्री बालेन्द्र साहलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइसकेको बताउँदै जनताका समस्या समाधान गरेर देश बनाउने जिम्मेवारी पनि बालेनकै भएको पनि बताएका छन् ।


प्रकाशित मिति: ७ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?