Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी : एमाले


काठमाडौँ। प्रतिपक्ष दल नेकपा एमालेले सरकार एमाले केन्द्रित भइ पूर्वाग्रहपूर्ण ढंगले प्रश्तुत भएको निष्कर्ष निकालेको छ ।

मंगलवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपमहासचिव लेखराज भट्टले बताएका हुन् । उनकाअनुसार सरकार एमालेलाई केन्द्रित गरेर पूर्वाग्रहपूर्ण ढंगले प्रश्ततु भएको छ । सरकारका यि गतिविधिहरु उचित होइनन् । उनले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी गैरकानूनी र प्रतिशोधमूलक एवं पूर्वाग्रही भएको एमालेले निष्कर्ष निकालेको बताए । पार्टीको एक कार्यक्रममा सुर्खेतमा रहेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी सार्वजनिक सवारीमार्फत काठमाडौं ल्याइएको थियो । जुन निकायको नामबाट गिरफ्तारी गरिएको हो, त्यसको कार्यक्षेत्रभित्र यो विषय नपर्ने पनि एमालेले बताएको छ । यस प्रकाकार सरकारका गतिविधि तत्काल बन्द गर्न र पार्टी उपाध्यक्ष पौडेललाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।

उनले भने, ‘आजको बैठकको मुख्य एजेण्डा एउटै थियो । हाम्रो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको निष्कर्षमा यो गिरफ्तारी गैरकानूनी, प्रतिशोधमूलक र पूर्वाग्रही छ । उहाँ काठमाडौँ आउने टिकट लिएर काठमाडौंमै आउँदै हुनुहुन्थ्यो । तर हिजो नै सुर्खेतमा उहाँलाई गिरफ्तार गरिएको छ । जुन निकायको नामबाट गिरफ्तारी गरिएको हो, त्यसको कार्यक्षेत्रभित्र यो विषय पर्दैन भन्ने हाम्रो ठहर छ । त्यसैले यो प्रक्रिया कानूनसम्मत छैन । आज अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गर्दै हिरासतमा राख्ने आदेश दिएको छ । यो निर्णय अपेक्षित थिएन र न्यायोचित पनि भएन भन्ने हाम्रो धारणा छ । त्यसकारण पार्टीको यस विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता प्रकारका गतिविधिहरू तुरुन्त बन्द गरिनुपर्छ र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बिना शर्त रिहाइ हुनुपर्छ भन्ने पार्टीको स्पष्ट माग छ । पार्टीले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ । हालका लागि सचिवालयको एउटै माग छ–उहाँको बिना शर्त रिहाइ हुनुपर्छ । यो गिरफ्तारी प्रतिशोधमूलक, पूर्वाग्रही र गैरकानूनी रहेको पार्टीको निष्कर्ष छ । आजको बैठकले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । आगामी दिनमा कानूनी लडाइँ लड्ने विषय आफ्नो ठाउँमा छँदैछ । त्यसका अतिरिक्त आवश्यक कदमहरूबारे पनि पार्टीले समयानुकूल निर्णय लिनेछ । आजको बैठकको निष्कर्ष के हो भने, एमालेलाई केन्द्रित गरेर पूर्वाग्रहपूर्ण ढंगले गरिएका यस्ता गतिविधिहरू उचित होइनन् ।’

पार्टीले कानूनी लडाइँ लड्ने र अतिरिक्त आवश्यक कदमहरूबारे पनि पार्टीले समयानुकूल निर्णय गने बताएको छ ।


प्रकाशित मिति: १० असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?