Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सरकार ‘एक्सप्रेस वे’मा दौडिरहेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छः बालेन्द्र साह


काठमाडौँ। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले सरकारको गति र काम र नियन्त्रणबाहिर नरहेको दाबी गरेका छन् ।

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई जवाफ फर्काउँदै सरकार नियन्त्रणमा रहेको भन्दै चिन्ता नलिन आग्रह गरेका छन् । साहले सरकारको गति रोक्नुपर्ने अवस्था स्थानीय बाटोमा हिँड्ने गाडीमा हुने टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहले सरकारको यात्रा अनियन्त्रित नभएको र वातावरण पनि अनुकूल रहेको दाबी गरेका छन् ।

उनले भने, ‘सरकार भनेको त गाडी जस्तो हो एक्सलेटर मात्र होइन ब्रेक पनि हुन्छ भन्नुभएको छ । ब्रेक पनि लाउनुपर्छ भन्दै चिन्ता पनि मान्नुभएको छ । त्यस्तो चिन्ता लोकल रोडहरु तिर हिँड्दा लिनुपर्ने हो । कहिले लेफ्टबाट र राइटबाट आउँदो रहेछ । तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन । एस्कप्रेस वेमा हिँडेको गाडी हो गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ । र हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेर गएको छ ।’

उनले सरकार सुशासन र विकास निर्माण गर्ने कुरामा प्रतिवद्ध रहेको बताएका छन् ।


प्रकाशित मिति: ७ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?