काठमाडौँ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार अपरान्ह सिंहदरबारमा राजदुत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् । भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता
काठमाडौँ।जेन-जी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पोस्टमार्टम सकिएसँगै ज्यान गुमाएका शहीदहरुको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । शव यात्रामा गृहमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौँ।नेकपा (एमाले)का नेताहरुले जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेका छन् । मंगलवार पार्टीका निवर्तमान सांसदहरुले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेको सचिव गोकर्ण बिष्टले बताए । उनले अधिकांश
काठमाडौँ। जेन जी आन्दोलनको प्रदर्शनीबाट जोगिएका थापाथलिका गाडीका शोरुमहरु सामान्य अवस्थामा फर्किने कोशिसमा रहेका छन् । दशैँतिहार लगायतका चाडपर्वमा उत्साहमय देखिने यहाँको शोरुमहरुमा यसपटक भने उत्साह छैन । भदौ २४ गते जेन नी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले यहाँको केही शोरुमहरुमा आगजानी गरेका थिए भने केहीमा तोडफोड गरेका थिए । प्रदर्शनकारीको निशानामा
काठमाडौँ।जेन जी पुस्ताको आन्दोलनपछि सडकमा कम मात्रामा देखिएका ट्राफिक प्रहरी क्रमशः सक्रिय हुँदै सेवा शुरु गरेका छन् । आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीको सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनीहरु बिनाबर्दी काममा फर्किएका थिए । काठमाडौं उपत्यकाको प्रमुख स्थानहरु बानेश्वर, कोटेश्वर, नारायणहिटी, पुतलीसडक, त्रिपुरेश्वर, रत्नपार्क लगायतका क्षेत्रहरूमा अब ट्राफिक
काठमाडौँ । सामाजिक सञ्जालमा हर्क साम्पाङप्रति बालेनले भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले, “तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो,” भन्दै हर्क साम्पाङप्रति आफ्नो अटुट प्रेम व्यक्त गरेका छन्। सन्देशमा उनले साम्पाङको आलोचना र गालीले पनि आफ्ना
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताएका छन् । मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडा अनुगमनका लागि पुगेका अध्यक्ष दाहालले यस्तो घोषणा गरेका हुन् । उनले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग वालुवाटारमा भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्। आज बिहानको भेटमा दाहाल र कार्कीबीच देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो। अध्यक्ष दाहालले संघीय संसद भवन र सचिवालयमा भएको क्षति तथा राष्ट्रिय सभाको
काठमाडौँ । जेन जी आन्दोलनमा ज्यान गुमाएका ७२ जनाको आज त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा निकालेर पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ। परिवारजनले मृतकका तस्बिर र राष्ट्रिय झन्डा बोकेर श्रद्धाञ्जली दिएका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शन हिंसात्मक बन्दा अधिकांशको गोली लागी मृत्यु भएको थियो।
काठमाडौँ। गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेन जी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् । गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गरेका हुन् । कार्यालयको अनुगमन गर्दै उहाँले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताएका छन् । सार्वजानिक तथा