Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नेपालको राष्ट्रिय स्वाधीनता संकटमा, देशभक्तहरूको मोर्चाबन्दी आवश्यकः लिलामणि पोखरेल


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता संकटपूर्ण स्थितिमा रहेको बताएका छन् ।

उनले यो संकटबाट मुलुकलाई जोगाउनका लागि सबै देशभक्त शक्तिहरू र वामपन्थीहरूको नयाँ ध्रुवीकरण अपरिहार्य भएकोमा जोड दिएका छन् । नेता पोखरेलले हालैका राजनीतिक उतारचढाव र ‘जेन–जी’ आन्दोलन स्वस्फूर्त नभई योजनावद्ध भएको दाबी गरेका छन् । सन् २०११ मा अमेरिकी दुतावासले गठन गरेको ‘युथ काउन्सिल’ मार्फत नेपाली युवाहरूलाई लक्षित गरी प्रभाव विस्तार गरिएको उनको आरोप छ । उनले अमेरिकी दुतावासले बनाएको युथ काउन्सिल तत्काल खारेज गर्न माग गरेका छन् । उनले युवाहरूलाई विचार र राजनीतिबाट टाढा राखेर ‘हिप्नोटाइज’ गरिएको तर्क समेत गरेका छन् । पोखरेलले एमसीसी, आईपीएस र एसपीपीलाई अमेरिकी रणनीतिको हिस्सा भएको बताए । उनकाअनुसार अमेरिकाको उद्देश्य नेपालमा सैनिक ब्यारेक खडा गर्ने (एन्टी–चाइना इनसर्कलमेन्ट), दक्षिण एशिकयामा मोनिटरिङ सेन्टर बनाउने र नेपालमा रहेका बहुमूल्य ‘रेयर अर्थ मेटेरियल’ (दुर्लभ खनिज) माथि आँखा गाड्नु रहेको छ ।

उनले भने, ‘हामी एक्लाएक्लै रह्यौं भने देश हामीले सोचेजस्तो स्वतन्त्र र सार्वभौम रहने छैन । मुलुकको स्थायित्वका लागि कांग्रेस, कम्युनिष्ट वा अरु कुनै पनि देशभक्त शक्ति एक ठाउँमा उभिनैपर्छ । नेपाली भूमिमा युवाहरूलाई लक्षित गरेर दूतावासले संगठन बनाउन पाइन्छ कि पाइन्न ? के हामीले अमेरिकामा गएर त्यसरी संगठन बनाउन पाउँछौं ? चीन र भारत हाम्रा छिमेकी हुन्, उनीहरूले सुरक्षाको कुरा उठाउनु स्वाभाविक होला, तर ८ हजार माइल टाढा रहेको अमेरिकाले नेपालसँग कुन सुरक्षा स्वार्थमा सम्झौता र शुभकामना दिनुपर्ने हो ?’

नेता पोखरेलले वर्तमान सरकार र अर्थमन्त्रीको कार्यशैलीमाथि पनि कडा आलोचना गरेका छन् । अर्थमन्त्रीले संविधान विपरीत ‘नव–उदारवादी’ अर्थतन्त्रको कुरा गरेको भन्दै उहाँले नेपालको संविधानले मिश्रित अर्थतन्त्र (निजी, सहकारी र सार्वजनिक) लाई मात्र स्वीकार गर्ने स्पष्ट पारे । निर्वाचनको परिणाम र परराष्ट्र सम्बन्धको चर्चा गर्दै उनले ‘एल्गोरिदम’ र ‘पोलिटिकल मास हिस्टेरिया’ का कारण चुनावी नतिजा प्रभावित भएको बताए । उनले विचारमा मतभेद भएपनि राष्ट्रियताको सवालमा सबै वामपन्थी र देशभक्तहरू एक हुनुको विकल्प नरहेको बताएका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?